काठमाण्डौ । दक्षिण कोरियाली सवारी निर्माता कम्पनी कियाले अमेरिकी बजारबाट साढे ४ लाख युनिट बढी कार फिर्ता बोलाउने भएको छ । कम्पनीले ४ लाख ६२ हजार ८६९ युनिट टेलुराइड क्रसओभर अमेरिकी बजारबाट फिर्ता मगाउन लागेको हो ।
उक्त कारको फ्रन्ट पावर सिट ओभरहिट हुनसक्ने र पार्क गरिएको वा चलिरहेको बेला आगलागी हुनसक्ने सम्भावना उच्च भएकाले कार फिर्ता गमाउन लागिएको अमेरिकी नेशनल हाईवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले जनाएको छ ।

