बिहीबार, असार २५,२०८३ 08:26:22
Bizshala
  • बिहीबार, असार २५,२०८३ 08:26:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विश्वकपमा फ्रान्स र मोरक्कोबीच पहिलो क्वार्टरफाइनल खेल हुँदै, कसको जित्ने सम्भावना कति ?

Laxmi Sunrise Bank Limited
विश्वकपमा फ्रान्स र मोरक्कोबीच पहिलो क्वार्टरफाइनल खेल हुँदै, कसको जित्ने सम्भावना कति ?

काठमाण्डौ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आजबाट सुरु हुँदैछ। पहिलो क्वार्टरफाइनलमा दुई पटकको विश्वविजेता फ्रान्स र अफ्रिकी च्याम्पियन मोरक्को आमनेसामने हुँदैछन्। दुवै टोली सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्।

फ्रान्स प्रतियोगितामा अहिलेसम्म अपराजित रहँदै समूह चरणदेखि अन्तिम–१६ सम्मका सबै पाँच खेल जित्न सफल भएको छ। टोलीले पाँच खेलमा १४ गोल गरेको छ भने केवल दुई गोल मात्र व्यहोरेको छ। कप्तान किलियन एमबाप्पे सात गोलसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्।

यता मोरक्को पनि उत्कृष्ट लयमा रहेको टोली हो। समूह चरणमा ब्राजिलसँग बराबरी खेलेको मोरक्कोले नकआउट चरणमा नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम–१६ मा क्यानडामाथि ३–० को प्रभावशाली जित निकालेको थियो। २०२५ अफ्रिका कप अफ नेसन्सको विजेता मोरक्को लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनल पुग्ने इतिहास रच्ने लक्ष्यमा छ।

New Office
CG Motors
Garima Development Bank

तर मोरक्कोलाई ठूलो धक्का लागेको छ। टोलीका प्रमुख फरवार्ड इस्माइल साइबारी ह्यामस्ट्रिङ चोटका कारण फ्रान्सविरुद्धको क्वार्टरफाइनल गुमाउने भएका छन्। साइबारी प्रतियोगितामा तीन गोल गर्दै टोलीका प्रमुख आक्रमणकारीमध्ये एक रहेका थिए।

फ्रान्सका सहायक प्रशिक्षक गाय स्टेफानले मोरक्कोलाई अनुशासित, व्यवस्थित र काउन्टर अट्याकमा निकै खतरनाक टोलीको रूपमा वर्णन गरेका छन्। उनले फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्न सके मात्र सेमिफाइनल यात्रा सम्भव हुने बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विश्लेषण कम्पनी अप्टाको सुपरकम्प्युटरले निर्धारित ९० मिनेटभित्र फ्रान्सको जित्ने सम्भावना ६१.७ प्रतिशत रहेको अनुमान गरेको छ। मोरक्कोको जित्ने सम्भावना १६.२ प्रतिशत छ भने खेल अतिरिक्त समयमा जाने सम्भावना २२.१ प्रतिशत रहेको छ।

यस खेलको विजेताले सेमिफाइनलमा स्पेन र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.