शनिबार, आश्विन १७,२०८३ 04:21:45
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 04:21:45
Bizshala
Global IME Bank Limited

इङ्ग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, जुड बेलिङ्घमको दुई गोलले नर्वेमाथि रोमाञ्चक जित

Bizshala
इङ्ग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा, जुड बेलिङ्घमको दुई गोलले नर्वेमाथि रोमाञ्चक जित
New Office

काठमाण्डौ । मियामीमा सम्पन्न फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा इङ्ग्ल्यान्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। स्टार मिडफिल्डर जुड बेलिङ्घमले दुवै गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले।

खेलको ३६औँ मिनेटमा आन्द्रियास शेल्डेरुपको उत्कृष्ट प्रहार गोलकिपर जोर्डन पिकफोर्डलाई झुक्याउँदै जाली चुमेपछि नर्वेले अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा एन्थोनी गोर्डनको पासलाई सदुपयोग गर्दै बेलिङ्घमले बराबरी गोल फर्काए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मुख्य समय १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको ९३औँ मिनेटमा गोलकिपर ओर्यान नाइल्यान्डले मोर्गन रोजर्सको प्रहार नियन्त्रण गर्न नसक्दा रिबाउन्डमा बेलिङ्घमले गोल गर्दै इङ्ग्ल्यान्डलाई २–१ को अग्रता दिलाए, जुन नै निर्णायक बन्यो।

दोस्रो हाफमा नर्वेले टोर्ब्योर्न हेग्गेममार्फत गरेको गोललाई भिएआरले एर्लिङ हालान्डको फाउलका कारण रद्द गरेको थियो। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका हालान्ड यस खेलमा प्रभाव जमाउन नसकी अतिरिक्त समयको मध्यतिर प्रतिस्थापित भए।

यस जितसँगै इङ्ग्ल्यान्ड १९६६ पछि पहिलोपटक विश्वकपको फाइनल पुग्ने लक्ष्यसहित सेमिफाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलमा इङ्ग्ल्यान्डले अर्जेन्टिना वा स्विट्जरल्यान्डमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.