बुधबार, श्रावण २७,२०८३ 08:41:09
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 08:41:09
Bizshala
Global IME Bank Limited

माइतीघरमा प्रदर्शनरत किसानसँग कृषिमन्त्री चौधरीको छलफल, माग सम्बोधन गर्न निर्देशन

Prabhu Bank Limited
माइतीघरमा प्रदर्शनरत किसानसँग कृषिमन्त्री चौधरीको छलफल, माग सम्बोधन गर्न निर्देशन
New Office

काठमाण्डौ । उत्पादनको उचित मूल्य नपाएको भन्दै माइतीघर मण्डलामा प्रदर्शनरत किसानहरूसँग कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले छलफल गरेकी छन्।

किसानहरूले उठाएका समस्या र मागबारे छलफल गर्दै मन्त्री चौधरीले समस्या समाधानका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएकी हुन्। छलफलका क्रममा किसानहरूले कृषि उत्पादनको उचित मूल्य, बजार व्यवस्थापन, बिचौलिया नियन्त्रण तथा किसानमैत्री नीतिको आवश्यकता औंल्याएका थिए।

मन्त्री चौधरीले किसानका मागलाई सम्बोधन गर्दै कृषि क्षेत्रका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताइन्। उनले उत्पादनदेखि बजारसम्मका समस्या पहिचान गरी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गरी काम अघि बढाउने उल्लेख गरिन्।

छलफलपछि किसानका माग सम्बोधन गर्ने उद्देश्यसहित आवश्यक पहल र कार्यान्वयनका लागि निर्देशन दिँदै कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

किसानहरूले लामो समयदेखि कृषि उत्पादनको लागतअनुसार मूल्य नपाएको, बजार सुनिश्चित नभएको तथा राज्यबाट पर्याप्त सहयोग नपाएको भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.