बिहीबार, असार ३२,२०८३ 02:38:31
Bizshala
  • बिहीबार, असार ३२,२०८३ 02:38:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ अभियानसहित एनआईसी एशिया क्यापिटलको ‘लगानी मास्टरक्लास’

Laxmi Sunrise Bank Limited
‘विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔं’ अभियानसहित एनआईसी एशिया क्यापिटलको ‘लगानी मास्टरक्लास’

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले पहिलो पटक विदेशमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरी “Personal Finance & Investment Masterclass” सम्बन्धी कार्यक्रम दोहा, कतारमा सम्पन्न गरेको छ । 

क्यापिटलले आफ्नो संस्थागत सामजिक उत्तरदायित्व अन्तर्गत नियमित रुपमा विविध कार्यक्रम संचालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिने क्रममा खाडी मुलुकहरुमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या अत्याधिक रहेको र उनीहरुमा वित्तीय तथा पूँजीबजार सम्बन्धी साक्षरता अभिवृद्धि गराउने हेतुले उक्त कार्यक्रम गरेको हो । 

खाडी मुलुक मध्ये कतारमा मात्र करिब ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु वैदेशिक रोजगारीमा रहेको हुँदा क्यापिटलले पहिलो पटक “विदेशमा कमाऔं, नेपालमा सम्पत्ति बनाऔ” भन्ने नारा सहित “Way To Success Consulting and Training Center" संचालकहरु सँगको सहकार्यमा विदेशमा रहेका नेपालीहरुलाई लक्षित गरी “Personal Finance & Investment Masterclass” असार २६ गते Gloria Hotel & Suites, Doha, Qatar मा सम्पन्न गरेको छ । 

New Office
CG Motors
Garima Development Bank

उक्त कार्यक्रममा क्यापिटलका उच्च व्यवस्थापन तहका अधिकारीहरुले नेपालीहरुलाई लक्षित गरी  Diaspora Account Solutions, SIP, IPO, Share, DeMat & Meroshare Account, Assets Management in Nepalese Capital Markets, Connecting the Global Nepalese Diaspora to opportunities at Nepal र Idea to IPO Beyond the Border विषयमा जानकारी तथा छलफल गरिएको थियो । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै सोही कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले प्राथमिक शेयर निष्काशनको समयमा के कसरी आवेदन दिन सकिन्छ, आवेदन दिँदा ध्यान दिने कुराहरु, सामूहिक लगानी कोषको इकाई तथा SIP खरिद गर्दा ध्यान लिनुपर्ने कुराहरु, धितोपत्रको दोश्रो बजारमा कारोवार गर्दा ध्यान दिनुपर्ने कुराहरु सहित नेपालमा उपलब्ध लगानीको विविध अवसरहरु र त्यहा बस्ने नेपालीहरुलाई नेपालमा लगानी गर्ने प्रक्रिया, विदेशमा कमाएको पैसा वैधानिक माध्यमबाट कसरी नेपाल पठाउने लगायत पछिल्लो समयमा नेपालमा उपलब्ध लगानीको अवसरहरुको सम्बन्धमा विस्तृत जानकारी गराई अन्तरक्रिया गरिएको थियो । 

उक्त कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका तथा कतारमा व्यवसाय गरी बसोबास गर्ने १४० जना भन्दा बढी नेपालीहरुको सक्रिय सहभागिता रहेको थियो ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.