बुधबार, श्रावण २७,२०८३ 08:41:22
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 08:41:22
Bizshala
Global IME Bank Limited

सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक जारी, मुख्यमन्त्रीमा दाबी गर्ने तयारी

Prabhu Bank Limited
सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक जारी, मुख्यमन्त्रीमा दाबी गर्ने तयारी
New Office

 

 काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रयास भइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।

प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएपछि नेपाली कांग्रेसले नेकपासँग सत्ता सहकार्यका लागि निरन्तर संवाद गरिरहेको छ। यद्यपि केन्द्रमा कांग्रेस र एमालेबीचको सम्भावित गठबन्धनबारे अन्तिम निष्कर्ष नआइसकेकाले नेकपाले प्रदेशमा दुवै दलसँग आन्तरिक छलफल जारी राखेको जनाएको छ।

संसदीय दलको बैठकले सरकार गठन, बजेट पारित र मुख्यमन्त्रीमा दाबी गर्ने विषयमा पार्टीको आधिकारिक धारणा तथा म्यान्डेट तय गर्ने बताइएको छ। बैठकमा पार्टीका सुदूरपश्चिम इन्चार्ज भानुभक्त जोशी, सहइन्चार्ज दीर्घ सोडारी र प्रदेश अध्यक्ष हरि चौधरी ‘उत्सव’ पनि सहभागी छन्।

प्रदेशसभाको सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने नेकपाको अडान छ। नेकपाका एक सांसदका अनुसार बैठकबाट कांग्रेस र एमाले दुवैसँग औपचारिक रूपमा छलफल अगाडि बढाउने निर्णय हुन सक्छ।

सुदूरपश्चिम प्रदेशसभामा निलम्बित सदस्य र सभामुखसहित नेकपाका २२ सांसद छन्। कांग्रेससँग बजेट पारित गर्ने विषयमा मात्र सहकार्य पर्याप्त नहुने भन्दै नेकपाले मुख्यमन्त्रीसमेत आफूहरूले पाउनुपर्ने प्रस्ताव अघि सारेको छ। नेकपाले केन्द्रमा एमालेसँग पनि संवाद जारी राखेको छ।

प्रदेश सरकारको बजेट पारित गर्न कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८ सांसद रहे पनि सांसद प्रकाश देउवा हाल अमेरिकामा छन्। मुख्यमन्त्रीले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यससँगै प्रदेश सरकार अल्पमतमा परेको छ।

प्रदेशसभाबाट बजेट पारित हुने सम्भावना कमजोर बन्दै गएपछि सरकारले अध्यादेशमार्फत बजेट ल्याउने विकल्पबारे समेत छलफल गरिरहेको चर्चा छ।

यही राजनीतिक अन्योलका बीच बसेको नेकपा संसदीय दलको बैठकलाई आगामी सत्ता समीकरण र प्रदेश सरकारको नेतृत्व निर्धारणका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.