आईतवार, श्रावण २४,२०८३ 09:09:44
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 09:09:44
Bizshala
Global IME Bank Limited

नेशनल हाइड्रोपावरको साधारण सभा साउन २२ गते बस्ने, के–के छन् एजेण्डा ?

नेशनल हाइड्रोपावरको साधारण सभा साउन २२ गते बस्ने, के–के छन् एजेण्डा ?
New Office

काठमाण्डौ । नेशनल हाइड्रोपावरको साधारण सभा साउन २२ गते बस्ने भएको छ । कम्पनीको गत असार ३२ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसार सभा साउन २२ गते अमृत भोग क्याटेरिङ्ग कालिकास्थान काठमाण्डौमा बिहान ८ः३० बजे बस्नेछ ।  

यसअघि असार ३१ मा बस्ने भनिएपनि गणपुरक संख्या नपुगेका कारण कम्पनीको २९औं सभा स्थगित भएको थियो ।  

सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरिने प्रस्ताव रहेको छ ।  

साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायका वित्तीइ विवरणहरु छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा रहेको छ ।  

यसका साथै संचालक समितिमा एकजना महिलासहित ७ जना संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।  

साधारण सभा प्रयोजनार्थ कम्पनीले गत असार १६ गते नै बु्कक्लोज गरिसकेको छ । यसर्थ असार १५ गतेसम्म कायम सेयरधनी मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.