नेशनल हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा डा. शर्मा नियुक्त
काठमाण्डौ। नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक र कम्पनी सचिव नियुक्त गरेको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले डा. पवनकुमार शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो।

