काठमाण्डौ। नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले स्वतन्त्र सञ्चालक र कम्पनी सचिव नियुक्त गरेको छ। कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले डा. पवनकुमार शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने सर्वसम्मत निर्णय गरेको हो।
कम्पनीका अनुसार सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा डा. शर्मालाई नियुक्त गरेको हो।
यसैगरी, रिक्त रहेको कम्पनी सचिवको जिम्मेवारी कम्पनीका लेखा तथा प्रशासन प्रमुख सुवास दनुवारलाई दिइएको छ। उनलाई कम्पनी सचिवका रूपमा एक वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।