आईतवार, श्रावण २४,२०८३ 09:09:08
Bizshala
  • आईतवार, श्रावण २४,२०८३ 09:09:08
Bizshala
Global IME Bank Limited

माइक्रोफाइनान्समा उच्च सेयरभाउ भएको कम्पनीमा लोअर सर्किट, एकैदिन घट्यो रु.१०८०!

माइक्रोफाइनान्समा उच्च सेयरभाउ भएको कम्पनीमा लोअर सर्किट, एकैदिन घट्यो रु.१०८०!
New Office

काठमाण्डौ । माइक्रोफाइनान्स सेक्टरमा सबैभन्दा धेरै सेयरभाउ रहेको आत्मनिर्भर लघुवित्तको सेयरभाउ आज एकैदिन एक हजार रुपैयाँभन्दा बढीले घटेको छ ।  

कम्पनीको सेयरभाउ १५ प्रतिशतले घटेर ६ हजार १२० रुपैयाँ कायम भएको छ । नेप्सेमा हाल ५० माइक्रोफाइनान्स कम्पनी सूचीकृत छन् । जसमध्ये सबैभन्दा धेरै सेयरमूल्य आत्मनिर्भर लघुवित्तको ६ हजार रुपैयाँमाथि छ ।  

कम्पनीको कुल सूचीकृत सेयर संख्या ८ लाख ९५ हजार ७२ कित्ता रहेको छ । जसमध्ये कारोबार गर्न मिल्ने सेयर जम्मा २ लाख ९२ हजार ६१ कित्ता मात्रै रहेको छ ।  

सीमित कित्ता सेयर भएकाले यो कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिन्छ । सीमित आपूर्ति भएका कम्पनीमा लगानीकर्ताको माग बढ्दा मूल्यमा तीव्र उतारचढाव देखिने गर्छ । आज नेप्सेमा २६० कम्पनीको मूल्य बढ्दा आत्मनिर्भर लघुवित्तलगायत १३ कम्पनीको सेयरभाउ भने घट्न पुगेको छ ।  

केही सेयर लगानीकर्ता कम संख्यामा उपलब्ध तर उच्च मूल्य भएका सेयरमा आकर्षित हुने गर्छन् । यस्तो अवस्थामा माग बढ्दा मूल्यमा तीव्र वृद्धि देखिन्छ । आत्मनिर्भर लघुवित्तको सेयरभाउ पनि माग बढाएर साढे ७ हजार रुपैयाँभन्दा माथि पुर्याइएको थियो ।  

यसअघिका दिनमा बजार घटेपनि यो कम्पनीको मूल्य भने लगातार ३ कारोबार दिन बढेको थियो । त्यसअघि पनि यो कम्पनीको मूल्य ६ कारोबार दिन लगातार बढेको थियो त्यसपछि दुई कारोबार दिन भने करेक्सन देखिएको थियो ।  

पछिल्ला दिनमा यो कम्पनीको मूल्य तीव्र रुपमा बढेपछि केही लगानीकर्ताले नाफा बुक गर्दा आज यो कम्पनीको मूल्य घटेको बुझ्न सकिन्छ ।  

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले गत वैशाख ७ गतेदेखि सूचीकृत कम्पनीको मूल्यमा दैनिक १५ प्रतिशत सर्किटको व्यवस्था लागू गरेको थियो । जसअन्तर्गत कुनै पनि कम्पनीको मूल्य १५ प्रतिशतसम्म घटबढ हुने व्यवस्था छ ।  

उक्त व्यवस्थाले गर्दा पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले आज एकदिनमै प्रतिकित्ता १००० रुपैयाँ गुमाएका छन् ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.