शनिबार, आश्विन १७,२०८३ 04:15:40
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 04:15:40
Bizshala
Global IME Bank Limited

स्पेनको विश्वकप जितले अमेरिका र इजरायलका आलोचकलाई खुसी बनायोः इरान

Bizshala
स्पेनको विश्वकप जितले अमेरिका र इजरायलका आलोचकलाई खुसी बनायोः इरान
New Office

काठमाण्डौ । इरानले विश्वकप फुटबलको फाइनलमा स्पेनको जितलाई विश्वभर अमेरिका र इजरायलका नीतिको विरोध गर्ने मानिसहरूका लागि खुसीको क्षण भएको बताएको छ।

स्पेनले फाइनलमा १–० को जित निकाल्दै उपाधि हात पारेपछि इरानी अधिकारीहरूले स्पेन सरकारको पछिल्लो राजनीतिक अडानको प्रशंसा गरेका हुन्। स्पेनले गाजामा जारी इजरायली सैन्य कारबाहीको आलोचना गर्दै आएको र अमेरिका–इजरायल सम्बन्धी केही नीतिमाथि प्रश्न उठाउँदै आएको थियो।

इरानी सरकारी समाचार संस्था आईआरएनएका अनुसार, इरानका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफले स्पेनको जितले स्पेनी जनतासँगै विश्वका धेरै स्वतन्त्र, न्यायप्रेमी र आत्मनिर्भर राष्ट्रका नागरिकलाई खुसी बनाएको बताएका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

‘प्यालेस्टाइनका जनताको पक्षमा खेलाडीहरूको आवाज र इरानप्रति स्पेनको समर्थनले त्यो राष्ट्रको स्वतन्त्र सोच र दृढता देखाएको छ,’ गालिबाफले भने।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले पनि पछिल्ला महिनाहरूमा आक्रमण, नरसंहार र उत्पीडनको विरोधमा स्पेनको राष्ट्रिय टोली र सरकारको भूमिकालाई मूल्यवान् रहेको बताएका छन्।

स्पेनको राष्ट्रिय टोलीले सामाजिक सञ्जालमा विश्वभरबाट समर्थन पाएको देखिएको छ। समर्थकहरूले स्पेन सरकारको गाजा युद्धप्रतिको आलोचनात्मक धारणा र अन्तर्राष्ट्रिय मुद्दामा लिएको अडानलाई यसको एउटा कारणका रूपमा उल्लेख गरेका छन्।

यसैबीच, इजरायली राजनीतिज्ञ र केही फुटबल समर्थकहरूले भने अर्जेन्टिनाको समर्थन गरेका थिए। अर्जेन्टिनाका राष्ट्रपति हाभियर मिलेई इजरायलको नीतिका समर्थकका रूपमा परिचित छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.