बुधबार, श्रावण ६,२०८३ 06:06:53
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:06:53
Bizshala
Global IME Bank Limited

कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

कांग्रेस सांसद अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश
New Office

 

काठमाण्डौ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध जारी भएको पक्राउ पुर्जी तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले सरकारका नाममा उक्त आदेश जारी गरेको हो। अदालतले विपक्षीहरूका नाममा कारण देखाऊ आदेशसमेत जारी गर्दै अन्तरिम आदेशबारे छलफलका लागि बोलाएको छ।

सांसद शाहले आफूविरुद्ध जारी भएको पक्राउ पुर्जी बदर गर्न माग गर्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उनले गृह मन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएका छन्।

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शाहविरुद्ध कुटपिटसम्बन्धी आरोपमा पक्राउ पुर्जी जारी भएको थियो।

कपिलवस्तुको कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा ‘रितेश’ माथि कुटपिट गरेको आरोप शाहमाथि लागेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.