बुधबार, माघ ९,२०८१ 03:41:03
IME remit
  • बुधबार, माघ ९,२०८१ 03:41:03
IME remit
Global IME Bank Limited

प्राधिकरणको आयोजनामा बीमकका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
प्राधिकरणको आयोजनामा बीमकका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न
Nabil Bank Limited

नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम् अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमकहरूले बीमा व्यवसाय सञ्चालन गर्दा प्रत्येक त्रैमासमा परिपालन प्रतिवेदन प्राधिकरणमा पेश गर्दा देखिएका कमी कमजोरी तथा सुधार गर्नुपर्ने विषयहरूमा परिपालन अधिकृतहरूका राय सुझावहरू लिन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐन, नियम र प्राधिकरणबाट जारी निर्देशिका तथा निर्देशनहरू बमोजिम सुशासनमा रहेर काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

कार्यकारी निर्देशक पौडेलले बीमकहरूले आन्तरिक नियन्त्रण प्रणालीमा सुशासन कायम गर्नुपर्ने, बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने र कारवाहीको अवस्था नआउने गरी काम गर्नुपर्ने बताए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले बीमकका परिपालन अधिकृतहरूले जति राम्रो काम ग¥यो त्यति नै कम्पनीलाई सशक्त र सुरक्षित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

Bizshala
CG Motors
Sagarmatha Cement

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले कम्पनीका काम कारवाही, ऐन, नियम, निर्देशिका र निर्देशनको परिपालनको अवस्थालगायत समग्र विषय समेटेर परिपालन अधिकृतहरूले प्रतिवेदन तयार गरी प्राधिकरणमा बुझाउनुपर्ने बताए ।  

साथै, उनले बीमकहरूले सम्पत्ति सुद्धीकरण हेर्न अलग्गै कार्यान्वयन अधिकारी राख्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति सुद्धीकरण निवारण सम्बन्धमा, उप–निर्देशक विरोध भट्टले बीमा दाबी फछ््र्यौट सम्बन्धमा र उप–निर्देशक नील प्रसाद लामिछानेले सुशासन सम्बन्धमा प्रस्तुती दिएका थिए ।

कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु बीमा कम्पनी र पुनर्बीमा कम्पनीका परिपालन अधिकृतहरूको सहभागिता रहेको थियो ।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.