शुक्रबार, श्रावण ८,२०८३ 02:58:59
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 02:58:59
Bizshala
Global IME Bank Limited

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउने सांसद गुप्तालाई ५ सय जरिबाना

गुडिरहेको मोटरसाइकलमा उभिएर भिडियो बनाउने सांसद गुप्तालाई ५ सय जरिबाना
New Office

 

काठमाण्डौ ।  गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको दृश्य सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बब्लु गुप्तालाई ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिबाना गरेको छ।

सिरहा–१ बाट निर्वाचित सांसद गुप्ताले जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानमा पुगेर जरिबाना तिरेको प्रहरीले जनाएको छ।

बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि उनको आलोचना भएको थियो। सार्वजनिक पदमा रहेको व्यक्तिले ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै कानुनी कारबाहीको माग उठेको थियो।

आलोचनापछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत क्षमायाचना गरेका छन्। बाल्यकालमा खेलेको स्थानमा पुग्दा उत्साहित भएर मजाकका क्रममा मोटरसाइकलमा उभिएको र त्यसबाट ट्राफिक नियम उल्लङ्घन भएको उनले स्वीकार गरेका छन्।

उनले आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने र आफ्नो ऊर्जा देश तथा जनताको हितमा लगाउने प्रतिबद्धता जनाएका छन्।

यसअघि हेलमेट नलगाई मोटरसाइकल चलाएको आरोपमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई पनि प्रहरीले कारबाही गरेको थियो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.