काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १८ हजार ६९२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सञ्चालक समितिसमक्ष आवेदन दिइसक्नु पर्नेछ । निर्धारित समयभित्र कुनै आवेदन प्राप्त नभएमा संस्थापक सेयरधनी बाहेकका व्यक्तिलाई उक्त सेयर बिक्री गरिने कम्पनीले स्पष्ट पारेको छ ।
यससम्बन्धी विस्तृत जानकारी काठमाण्डौ तीनकुनेमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी बुझ्न सकिने छ ।

