शनिबार, कार्तिक ७,२०८३ 03:08:59
  • शनिबार, कार्तिक ७,२०८३ 03:08:59
Global IME Bank Limited

अर्जेन्टिनामाथि फिफाको कारबाही प्रक्रिया शुरु

Bizshala
अर्जेन्टिनामाथि फिफाको कारबाही प्रक्रिया शुरु
New Office

काठमाण्डौ । विश्वकप फाइनलपछि भएको विवाद र राजनीतिक नारासहितको ब्यानर प्रदर्शनको विषयमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अर्जेन्टिनाका खेलाडी तथा फुटबल संघविरुद्ध अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको छ।

फिफाले बुधबार सार्वजनिक गरेको अनुशासनसम्बन्धी विवरणअनुसार स्पेनसँगको विश्वकप फाइनल खेलपछि भएको झडपमा संलग्न भएको आरोपमा अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो परेडेस, डिफेन्डर नाहुएल मोलिना तथा सहायक प्रशिक्षक रोबर्टो आयालामाथि विभिन्न आरोप लगाइएको छ।

जुलाई १९ मा भएको फाइनलमा स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गरेपछि भएको विवादमा परेडेसमाथि तीनवटा आक्रमणसम्बन्धी आरोप, मोलिनामाथि दुईवटा आरोप र सहायक प्रशिक्षक आयालामाथि एउटा आरोप लगाइएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै, मोलिना र थियागो अल्माडामाथि खेल भावना विपरीत व्यवहार गरेको आरोप लगाइएको छ। यही आरोप स्पेनका खेलाडी गाभीमाथि पनि लगाइएको फिफाले जनाएको छ।

यसैगरी, सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गरेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुसम्बन्धी राजनीतिक नारासहितको ब्यानर प्रदर्शन गरेको विषयमा अर्जेन्टिना फुटबल संघमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

अर्जेन्टिनाले फकल्यान्ड टापुलाई ‘इस्लास माल्भिनास’ भन्ने गर्छ। सन् १९८२ मा अर्जेन्टिनाको तत्कालीन सैन्य सरकारले उक्त टापुमा आक्रमण गरेपछि बेलायत र अर्जेन्टिनाबीच १० सातासम्म युद्ध भएको थियो, जसमा बेलायत विजयी भएको थियो।

बेलायती सरकारी अधिकारीहरूले उक्त घटनाबारे फिफासँग छानबिनको माग गरेका थिए। फिफाले भने उक्त विषयमा “खेलकुद कार्यक्रमलाई गैर–खेलकुद प्रकृतिको प्रदर्शनका लागि प्रयोग गरिएको” भन्दै औपचारिक आरोप लगाएको जनाएको छ।

फिफाका अनुसार आरोप लागेका सबै व्यक्ति तथा संस्थालाई आफ्नो धारणा राख्ने अवसर दिइएको छ। उनीहरूको जवाफपछि फिफाको अनुशासन समितिले आगामी दिनमा निर्णय गर्नेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.