काठमाण्डौ । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी आवश्यक सुझाव पेस गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णयमार्फत सुशील कुमार ओझाको संयोजकत्वमा समिति गठन गर्नुभएको हो। समितिका अन्य सदस्यमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर रहेका छन्।
समितिलाई बीमा क्षेत्रको समग्र अध्ययन गरी सुधारका लागि आवश्यक सुझावसहितको प्रतिवेदन ९० दिनभित्र पेस गर्ने जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।