काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँग वार्ता जारी रहेको दाबी गर्दै यसलाई राम्रो सम्झौतामा हस्ताक्षर गर्ने अन्तिम अवसर भएको बताएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ईरानकै अनुरोधमा वार्ता सुरु भएको दाबी गरेका हुन्। उनले ईरानी नेतृत्वले निजी रूपमा वार्ताको आग्रह गर्ने तर सार्वजनिक रूपमा दुई देशबीच कुनै वार्ता नभएको दाबी गर्ने भन्दै दोहोरो भूमिका खेलेको आरोप लगाए।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले स्ट्रेट अफ हर्मुज अमेरिकी नौसेनाको पूर्ण नियन्त्रणमा रहेको दाबी गर्दै ईरानतर्फ कुनै पनि सामान अमेरिकी अनुमति बिना पुग्न नसक्ने उल्लेख गरेका छन्।
उनले यस्तो अवस्था सम्झौता नभएसम्म वा ईरानले आत्मसमर्पण नगरेसम्म कायम रहने दाबी गरेका छन्।
यसैबीच, ट्रम्पले सोमबार अमेरिकी ऊर्जा कम्पनीहरूलाई इन्धनको मूल्य तत्काल घटाउन आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।