बुधबार, कार्तिक ४,२०८३ 12:23:00
  • बुधबार, कार्तिक ४,२०८३ 12:23:00
Global IME Bank Limited

भाजपाको ३० वर्ष पुरानो किल्ला ढल्यो, बाँकीपुरबाट प्रशान्त किशोर विजयी

Bizshala
भाजपाको ३० वर्ष पुरानो किल्ला ढल्यो, बाँकीपुरबाट प्रशान्त किशोर विजयी
New Office

 

काठमाण्डौ । भारतको बिहारस्थित बाँकीपुर विधानसभा क्षेत्रमा भएको उपनिर्वाचनमा जन सुराज पार्टीका संस्थापक प्रशान्त किशोर विजयी भएका छन्।

भारतीय जनता पार्टीका नेता नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त बनेको उक्त सिटमा जुलाई ३० मा उपनिर्वाचन भएको थियो।

निर्वाचन परिणामअनुसार किशोरले भाजपाका उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका हुन्। किशोरले ६४ हजार १५१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कुमारले ४४ हजार ८२७ मत पाए।

बाँकीपुर क्षेत्रमा सन् १९९५ देखि लगातार भाजपाले जित हासिल गर्दै आएको थियो। तीन दशकदेखि भाजपाको बलियो आधार क्षेत्रका रूपमा रहेको बाँकीपुरमा जन सुराजको जितलाई बिहारको राजनीतिमा महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विजयपछि प्रतिक्रिया दिँदै किशोरले ३० वर्षदेखि कायम भाजपाको किल्ला ३० दिनको चुनावी अभियानमै भत्किएको बताए। उनले यो उपनिर्वाचन एउटा निर्वाचन क्षेत्रको प्रतिनिधि चयनमा मात्र सीमित नभई प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई दिएको राजनीतिक सन्देशसमेत भएको दाबी गरे।

यसैबीच, उपनिर्वाचन भएका अन्य क्षेत्रमध्ये मध्यप्रदेशको डाटियामा कांग्रेसका घनश्याम सिंह विजयी भएका छन्। उनले भाजपाका आशुतोष तिवारीलाई ६ हजार १६ मतान्तरले पराजित गरे।

गुजरातको मञ्जपुरमा भने भाजपाका सतेन्द्रभाइ पटेलले कांग्रेसका भिखाभाई रबरीलाई ३० हजार मतान्तरले हराउँदै जित दर्ता गरेका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.