काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको ऋणपत्रमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत साउन १४ गतेदेखि निष्कासन गरेको कुल ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम अवसर रहेको हो ।
बैंकको ऋणपत्रमा साउन १९ गतेसम्म आवेदन सकिने व्यवस्था गरिएको थियो । तर मागबमोजिम आवेदन प्राप्त नभएकाले बैंकको ऋणपत्रमा साउन २८ गतेसम्म्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । तर यसबीचमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले निर्धारित समयअगावै बिक्री आवेदन बन्द गर्न लागिएको हो ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र जारी गरेको छ।
निष्कासन गरिने कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने छ। सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
१० वर्ष अवधिको यो ऋणपत्रको ब्याजरदर ७ प्रतिशत रहनेछ ।
लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।