काठमाण्डौ। सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको सेयर संरचनामा परिवर्तन गर्न लागेको छ । बैंकले हाल संस्थापक समूहमा रहेको ७६.५७५ प्रतिशत सेयर स्वामित्वलाई ५१ प्रतिशतमा सीमित गर्ने लागेको हो ।
यसका लागि बैंकले सम्बन्धित संस्थापक सेयरधनीलाई आवश्यक कागजातसहित ३५ दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
बैंकले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डबाट जारी निर्देशन तथा प्रचलित व्यवस्था अनुरूप सेयर संरचना परिवर्तनको प्रक्रिया अघि बढाइएको जनाएको छ ।
यसका लागि बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक समूहमा रहेको सेयर आफ्नो हक हिस्सामा पर्ने सेयर सर्वसाधारण समूहमा परिवर्तन नगर्ने भए निवेदन पेश गर्न आग्रह गरेको छ । यस्तो आवेदन एनएमबी क्यापिटल मार्केट्स लिमिटेड, नागपोखरी, काठमाण्डौ वा बैंकको कर्पोरेट कार्यालय, विराटनगर, मोरङ मा सम्पर्क राखि दिन सकिनेछ ।
आफ्नो हक हिस्सामा पर्ने संस्थापक सेयर सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनि स्वघोषणा गर्ने सेयरधनीहरुको हक हिस्सा बाँकी रहेका संस्थापकहरुले त्यढस्तो सेयरको अनुपात उपयोग गर्नसक्ने जनाइएको छ ।
निर्धारित म्यादभित्र सर्वसाधारण समूहको सेयरमा परिवर्तन नगर्ने भनि निवेदन नदिने संस्थापक सेयरधनीहरुको हकमा संस्थापक सेयर अनुपात सर्वसाधारणमा परिवर्तन गर्न मञ्जुर रहेको ठानी सोही बमोजिम सर्वसाधाण समूहमा परिवर्न गरिने बैंकले स्पष्ट पारेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।