बुधबार, श्रावण २०,२०८३ 06:40:30
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 06:40:30
Bizshala
Global IME Bank Limited

एनसेलले ल्यायो मनसुन अफरः प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफरः प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने
New Office

काठमाण्डौ । एनसेलले रोमाञ्चक नयाँ मनसुन अफर सार्वजनिक गरेको छ। ग्राहकहरूको डिजिटल अनुभूतिलाई अझ गहिरो बनाउने उद्देश्यले सार्वजनिक गरिएको यो अफर अन्तर्गत योग्य प्याक वा नयाँ प्रिपेड सिम खरिद गर्दा ५ प्रतिशतदेखि २० प्रतिशतसम्मको तत्काल क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन्।

यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ। एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड पुष्टि गर्ने एसएमएस सूचना प्राप्त गर्नेछन्। त्यसपछि उनीहरूको एनसेल एपमा रहेको खातामा क्यासब्याक रिवार्ड जम्मा हुन्छ। ग्राहकहरूले उक्त रिवार्ड २४ घण्टाभित्र दाबी गरिसक्नुपर्ने हुन्छ।

त्यसपछि ग्राहकहरूले प्राप्त गरेको लाभ अनुसारको रिवार्ड क्यासब्याक जारी भएको एक साता भित्र प्रयोग गरिसक्नुपर्छ। प्रत्येक प्याक खरिद गर्दा क्यासब्याक रिवार्ड प्राप्त गर्न सकिन्छ। यो अफर ट्रान्सफर गर्न सकिनेछैन र यसलाई नगदमा रूपान्तरण पनि गर्न सकिँदैन। तर प्रत्येक पटक योग्य प्याक वा सिम खरिद गर्दा प्राप्त भएको रिवार्ड ग्राहकहरूले जमा गरेर राख्न र उपभोग गर्न भने सक्नेछन्।

मनसुन अफर अन्तर्गत रु. ५० देखि रु. ९९ सम्मको प्याक खरिद गर्ने ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउनेछन्, रु. १०० देखि रु. २०० सम्मको प्याकमा १० प्रतिशत रु. २०१ देखि रु. ४९९ सम्मको प्याकमा १५ प्रतिशत र रु. ५०० तथा माथिको प्याक याक्टिभेट गर्नेले खरिद मूल्यमा २० प्रतिशतसम्मको क्यासब्याक रिवार्ड पाउनेछन्।

‘ग्राहकहरूलाई सधैँ हृदयमा राख्ने कोर भ्यालु अनुरूप यस क्याम्पेन मार्फत हामीले ग्राहकहरूलाई थप मूल्य उपलब्ध गराएका छौँ। यो क्याम्पेनले तपाईँको ब्यालेन्स र अनुभव दुवैलाई थप रोमाञ्चक बनाउने छ,’ एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्तले भने।

‘प्रत्येक प्याक खरिदलाई अझ लाभदायक बनाएर हामी हाम्रा ग्राहकहरूले एनसेल एपको असीमित सम्भावना अनुभव गरुन् भन्ने चाहन्छौँ। हिमालयन जाभाको पेय पदार्थ होस् वा ट्रिप टर्बोमार्फत अविस्मरणीय यात्रा योजना र अल्टिमाबाट प्रिमियम लाइफस्टाइल उत्पादनहरू खरिद, हाम्रो एप नै एनसेलले उपलब्ध गराउने वा गराइरहेको विशेष लाभ प्राप्तिको प्रवेशद्वार हो। हामी हाम्रा ग्राहकहरूले मनसुनको मजा वर्षामा मात्रै होइन, प्रत्येक रिचार्ज मा पाउने रिवार्डमार्फत पनि महसुस गरून् भन्ने चाहन्छौँ।’ 

यो मनसुन अफर एनसेलको कल र डेटाभन्दा बाहिर जीवन्त डिजिटल इकोसिस्टम निर्माण गर्ने व्यापक प्रतिबद्धताको एक महत्त्वपूर्ण पाटो हो। एप प्रयोगलाई प्रोत्साहन गरेर एनसेलले ग्राहकहरूलाई सहज सेवा, रोमाञ्चक साझेदारी र दैनिक जीवनलाई समृद्ध बनाउने विभिन्न योजनाहरूसँग जोड्ने लक्ष्य राखेको छ।

यो सीमित अवधिको अफर एनसेलका प्रिपेड ग्राहकहरूका लागि मात्र उपलब्ध छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.