बिहीबार, श्रावण २१,२०८३ 08:37:41
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 08:37:41
Bizshala
Global IME Bank Limited

अभियान लघुवित्तको नाफामा ४५५८% को उछाल, ईपीएस ५७.०४ रुपैयाँ पुग्यो

अभियान लघुवित्तको नाफामा ४५५८% को उछाल, ईपीएस ५७.०४ रुपैयाँ पुग्यो
New Office

काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ४५५८.८५ प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १४ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ३० लाख ६१ हजार मात्रै खुद नाफा आर्जन गरेको थियो ।

संस्थाको खुद ब्याज आम्दानी समेत १५४.१३ प्रतिशतले बढेर ३१ करोड १६ लाख पुगेको छ । शुद शुल्क तथा कमिशन आम्दानी भने ४रोड ९४ लाखबाट घटेर ३ करोड ६१ लाखमा सीमित बनेको छ । सञ्चालन मुनाफा भने ८१ लाख २३ हजारबाट बढेर १९ करोड ६९ लाख पुगेको छ ।

अघिल्लो आवको चौथो त्रैमाससम्म ४ करोड ९२ लाख रुपैयाँले ऋणात्मक रहेको संस्थाको वितरणयोग्य मुनाफा ४ करोड ५२ लाखले धनात्मक बनेको छ । यस्तै १९.६८ प्रतिशतले ऋणात्मक रहेको लाभांश क्षमता समेत १८.०९ प्रतिशतले धनात्मक बन्न पुगेको छ ।

१  करोड ९९ लाख रुपैयाँले इम्पेयरमेन्ट चार्ज रिर्भसल भएको संस्थाको निष्कृय कर्जा ८.४१ प्रतिशतबाट घटेर ७.४१ प्रतिशतमा सीमित बनेको छ । चौथो त्रैमाससम्म संस्थाको रिटेन्ड अर्निङ ४ करोड ५२ लाख र रिजर्भको आकार १० करोड १६ लाख रहेको छ ।

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) उल्लेख्य बढेको छ । अघिल्लो आवमा १.२२ रुपैयाँ मात्रै रहेको ईपीएस बढेर ५७.०४ रुपैयाँ पुगेको छ । यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ १५८.७५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२७ गुणा र तरलता अनुपात २६.०७ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.