आईतवार, कार्तिक १,२०८३ 03:04:56
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 03:04:56
Bizshala
Global IME Bank Limited

स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा कृष्ण गिरीले उम्मेदवारी दिने

Bizshala
स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा कृष्ण गिरीले उम्मेदवारी दिने
New Office

काठमाण्डौ । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको आगामी निर्वाचनमा सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

एसोसिएसनका वर्तमान अध्यक्ष सागर ढकालको दुईवर्षे कार्यकाल सकिन लागेसँगै नयाँ नेतृत्व चयनका लागि ब्रोकर व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ। यही क्रममा गिरीले अध्यक्ष पदका लागि आफ्नो दाबेदारी सार्वजनिक गरेका हुन्।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

युवा तथा गतिशील सोचसहित पूँजीबजारलाई थप प्रविधिमैत्री, पारदर्शी र आधुनिक बनाउने प्रतिबद्धताका कारण गिरीलाई ब्रोकरहरूको एउटा समूहले ‘जेन्जी उम्मेदवार’का रूपमा अगाडि सारेको जनाइएको छ।

नीति निर्माण तहमा समेत अनुभव हासिल गरेका गिरीले उम्मेदवारी घोषणासँगै ब्रोकर व्यवसायी, पूँजीबजारका सरोकारवाला तथा निकट सहयोगीहरूसँग छलफल र अन्तरक्रिया तीव्र बनाएका छन्। उनले बजार सुधारसँग सम्बन्धित एजेन्डालाई आफ्नो चुनावी अभियानको केन्द्रमा राख्ने तयारी गरेका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग प्रभावकारी समन्वय गर्दै ब्रोकर व्यवसायीको व्यावसायिक हकहित संरक्षण गर्नु तथा आमलगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु आफ्नो प्रमुख लक्ष्य रहने गिरीले बताएका छन्।

पूँजीबजारको आधुनिकीकरण, प्रविधिको विस्तार, नियामकीय सुधार र लगानीकर्ताको हितलाई प्राथमिकतामा राखेर आफू चुनावी मैदानमा उत्रिएको उनको भनाइ छ। गिरीको उम्मेदवारीलाई समर्थन गर्दै सन सेक्युरिटिज परिवारले सफलताको शुभकामना व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.