काठमाण्डौ । श्वेत गंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको नाफा उल्लेख्य बढेको छ । कम्पनीले गत आवकाके चौथो त्रैमाससम्म १७ करोड ७३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले आर्जन गरेको १७ लाख ९९ हजारको तुलनामा ९७५५.९६ प्रतिशतले बढी हो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ८४ करोड ७० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ७८ करोड ६५ लाख आर्जन गरेको थियो ।
यस्तै कम्पनीले १६ लाख ७७ हजार रुपैयाँबराबरको अन्य आम्दानी र ७ लाख ६६ हजार वित्त आम्दानी समेत गरेको छ ।
यस अवधिमा कम्पनीको वित्त खर्च ४२ करोड २७ लाखबाट घटेर ३१ करोड ४७ लाखमा सीमित बनेको छ । कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च २ करोड ५६ लाख ६३ हजारबाट घटेर २ करोड ३९ लाखमा सीमित बनेको छ ।
कम्पनीको रिटेन्ड अर्निङ २६ करोड ४८ लाख रुपैयाँले ऋणात्मक र रिजर्भको आकार ४३ लाख ८८ हजार रुपैयाँले धनात्मक छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ८३.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २८.७४ गुणा र तरलता अनुपात १.६८ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।