काठमाण्डौ । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव मंगलबार काठमाडौं ल्याइने भएको छ।
सांसद मिङ्माडेभिड शेर्पाका अनुसार दुर्घटनामा ज्यान गुमाएका किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको पार्थिव शरीर कतार एयरवेजको उडानमार्फत दोहा हुँदै नेपाल ल्याउन लागिएको हो।
उनका अनुसार शव बोकेको कतार एयरवेजको विमान मंगलबार अपराह्न ४:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।
विमानस्थलमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरेपछि तीनै आरोहीको पार्थिव शरीर नेपाल पर्वतारोहण संघको कार्यालयमा राखिनेछ।
पाकिस्तानस्थित विश्वप्रसिद्ध ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी तीनै नेपाली आरोहीले ज्यान गुमाएका थिए।
उनीहरूको शव नेपाल ल्याउन आवश्यक समन्वय र प्रक्रिया पूरा भएपछि मंगलबार स्वदेश ल्याउन लागिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।