बुधबार, श्रावण २७,२०८३ 02:41:13
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 02:41:13
Bizshala
Global IME Bank Limited

विश्वासको मतका लागि संसद बोलाउन पत्र, तर राजीनामा दिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह

सरकार जोगाउन २७ सांसद चाहिने, कांग्रेससँग १८ मात्रै; भोलि संसदबाटै राजीनामा घोषणा गर्न सक्ने

Prabhu Bank Limited
विश्वासको मतका लागि संसद बोलाउन पत्र, तर राजीनामा दिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह
New Office

 

 

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाउन सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन्। तर, विश्वासको मत जुट्ने सम्भावना कमजोर देखिएपछि उनी पदबाट राजीनामा दिने आन्तरिक तयारीमा समेत रहेको बताइएको छ।

मुख्यमन्त्री शाहले भोलि साँझ ५ बजे प्रदेशसभा बैठक बोलाइदिन आग्रह गर्दै सभामुखलाई पत्र पठाएका हुन्। सभामुख भण्डारीले मुख्यमन्त्रीको पत्र प्राप्त भएको पुष्टि गरेका छन्।

गत महिनाको ३१ गते सत्ता साझेदार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार सरकारलाई दिएको समर्थन फिर्ता भएपछि मुख्यमन्त्रीले तोकिएको अवधिभित्र विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने हुन्छ।

यही व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिने जानकारीसहित संसद बैठक आह्वानका लागि पत्र पठाएका हुन्।

तर, घटनाक्रम भने राजीनामातर्फ उन्मुख देखिएको छ। शाहनिकट स्रोतका अनुसार पर्याप्त सांसदको समर्थन सुनिश्चित हुन नसकेपछि उनले विश्वासको मतको प्रक्रियामा नगई प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने विषयमा आन्तरिक छलफल गरिरहेका छन्।

सुदूरपश्चिम प्रदेशसभामा कुल ५३ सांसद छन्। सरकार टिकाउन कम्तीमा २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल मुख्यमन्त्री शाहसँग नेपाली कांग्रेसका १८ सांसदको मात्रै समर्थन छ। तीमध्ये सांसद प्रकाश देउवा अमेरिकामा रहेका छन्।

यस अवस्थामा सरकार जोगाउन कांग्रेसबाहेक थप कम्तीमा १० सांसदको समर्थन आवश्यक पर्ने देखिन्छ। आवश्यक संख्या जुट्ने आधार नदेखिएपछि शाह राजीनामाको निष्कर्षतर्फ पुगेको कांग्रेसनिकट नेताहरूको भनाइ छ।

मुख्यमन्त्रीको सम्भावित राजीनामा तथा पछिल्लो राजनीतिक अवस्थाबारे निर्णय लिन नेपाली कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बोलाइएको छ। प्रमुख सचेतक सरस्वती खड्काका अनुसार बैठकमा सरकारको भविष्यसहितका विषयमा छलफल हुनेछ।

शाहले राजीनामा दिए सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। नयाँ सरकारको नेतृत्वका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्टलाई अघि सार्ने विषयमा नेकपा र एमालेबीच केन्द्रीय तहमा सहमति भएको नेताहरूले बताउँदै आएका छन्।

यससँगै सुदूरपश्चिमको सत्ता राजनीतिमा फेरि नयाँ समीकरण बन्ने सम्भावना बढेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.