काठमाण्डौ । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ। नेप्से र सर्वोत्तम पेन्ट्सबीच साउन २७ गते आईपीओसहित प्रतिसेयर १०० रुपैयाँ अंकित तथा चुक्ता मूल्य कायम भएको ३४ लाख कित्ता साधारण सेयर सूचीकरण गर्ने सम्झौता भएको हो।
कम्पनीले ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरी सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। कुल सूचीकरण भएको सेयरमध्ये ८ लाख ५० हजार कित्ता अर्थात् २५ प्रतिशत सर्वसाधारण सेयरधनीलाई वितरण गरिएको छ।
त्यस्तै, कम्पनीका संस्थापक सेयरधनीले लगानी गरेको २५ लाख ५० हजार कित्ता अर्थात् ७५ प्रतिशत सेयरसमेत गरी कुल ३४ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकरण भएको हो।
नेप्सेका अनुसार धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम २०८३ साउन २० गतेको निर्णयअनुसार उक्त सेयर सूचीकरण गरिएको हो।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर दोस्रो बजारमा साउन २८ गतेदेखि कारोबारमा आउने भएको छ। दोस्रो बजार कारोबारका लागि नेप्सेले कम्पनीलाई ‘एसएपीआईएल’ संकेत प्रदान गरेको छ । कम्पनीलाई पहिलो कारोबारका लागि प्रतिकित्ता रु.१०० देखि ३०० सम्मको ओपनिङ रेञ्ज प्रदान गरिएको छ ।
सूचीकरणपछि सेयर रजिष्ट्रार (आरटीएस) सम्बन्धी सेवा ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत उपलब्ध हुने नेप्सेले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।