बिहीबार, श्रावण २८,२०८३ 02:04:11
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 02:04:11
Bizshala
Global IME Bank Limited

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने

Prabhu Bank Limited
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिने
New Office

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक अपराह्न ५ बजे बोलाइएको छ।

प्रदेशसभा सचिवालयका अनुसार सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले गत असार ३१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह विश्वासको मत लिन बाध्य भएका हुन्। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने हुन्छ।

मुख्यमन्त्री शाहले बुधबार सभामुख भीमबहादुर भण्डारीलाई विश्वासको मत लिने जानकारी गराउँदै प्रदेशसभा बैठक आह्वानका लागि पत्र पठाएका थिए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार टिकाउन कम्तीमा २७ मत आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका १८, नेपाली कम्युनिष्ट पार्टीका सभामुखसहित २२, एमालेका ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सांसद छन्।

प्रदेशसभा सचिवालयका अनुसार हाल एक सांसद देशबाहिर छन् भने एक जना निलम्बनमा छन्। आजको बैठकमा लामो समयदेखि अनुपस्थित केही प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.