सोमबार, आश्विन १२,२०८३ 10:53:17
Bizshala
  • सोमबार, आश्विन १२,२०८३ 10:53:17
Bizshala
Global IME Bank Limited

दक्षिण कोरियाको इन्चोन विमानस्थल बन्यो विश्वकै व्यस्त

Bizshala
दक्षिण कोरियाको इन्चोन विमानस्थल बन्यो विश्वकै व्यस्त
New Office

काठमाण्डौ। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय यात्रु आवागमनका आधारमा विश्वकै व्यस्त विमानस्थल बनेको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेसनलको प्रारम्भिक तथ्यांकअनुसार सन् २०२६ को पहिलो छ महिनामा इन्चोनले ३ करोड ८४ लाख अन्तर्राष्ट्रिय यात्रुलाई सेवा दिएको छ।

यस अवधिमा बेलायतको लन्डन हिथ्रो विमानस्थल ३ करोड ७७ लाख ९० हजार यात्रुसहित दोस्रो स्थानमा रहँदा सिंगापुरको चांगी विमानस्थल ३ करोड ४५ लाख ३० हजार यात्रुसहित तेस्रो स्थानमा छ।

इन्चोन विमानस्थलले मध्यपूर्वमा देखिएको अमेरिका–इरान द्वन्द्वका कारण त्यहाँका प्रमुख हवाई ट्रान्जिट हबबाट यात्रुहरू अन्य मार्गतर्फ सरेको र त्यसको प्रत्यक्ष लाभ इन्चोनलाई पुगेको जनाएको छ। विशेषगरी युरोप जाने केही यात्रुले पहिले दुबई हुँदै यात्रा गर्ने गरेकोमा पछिल्लो समय इन्चोनलाई ट्रान्जिट हबका रूपमा प्रयोग गर्न थालेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

विमानस्थलका अनुसार गत वर्षको सोही अवधिको तुलनामा ट्रान्जिट यात्रुको संख्या १८ प्रतिशतले बढेको छ। युरोपलाई अन्तिम गन्तव्य बनाएका ट्रान्जिट यात्रुको संख्या भने ६३।२ प्रतिशतले बढेर २ लाख १० हजार पुगेको छ।

सन् २०२४ र २०२५ को पूर्ण वर्षको तथ्यांकमा दोस्रो स्थानमा रहेको दुबई अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष पाँचबाट समेत बाहिरिन सक्ने अनुमान गरिएको छ। यसअघि पाँचौँ स्थानमा रहेको हिथ्रो २०२५ मा सातौँ स्थानमा झरेको थियो भने इन्चोन २०२४ मा १२औँ र २०२५ मा १३औँ स्थानमा थियो।

सन् २००१ मा सञ्चालनमा आएको इन्चोन विमानस्थलले हाल १५८ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेको छ। तुलनाका लागि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले १३९, सांघाई पुडोङले ९२ र टोकियो नारिताले ८६ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेका छन्।

इन्चोन विमानस्थल निगमका कार्यवाहक अध्यक्ष किम बम(होले विमानस्थललाई विश्वकै नम्बर एक बनाउन सहयोग गर्ने दक्षिण कोरियाली सरकार, सर्वसाधारण तथा विमानस्थलमा कार्यरत सबैप्रति आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा यात्रुको सुविधा र सहजतालाई प्राथमिकतामा राख्दै विमानस्थलको प्रतिस्पर्धात्मक क्षमता थप सुदृढ गर्ने योजना रहेको बताए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.