काठमाण्डौ । देशभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउँदै बिहीबार रिट दायर गरेका हुन्। रिटमाथि शुक्रबार सुनुवाइ हुने गरी पेसी तोकिएको छ।
रिट निवेदनमा प्रहरी कार्यालय, हिरासत कक्ष तथा अनुसन्धानका क्रममा व्यक्ति राखिने सरकारी निकायका भवनमा कुनै क्षेत्र नछुट्ने गरी सीसीटीभी जडान गर्न माग गरिएको छ।
जडान गरिने क्यामेरामा रातिको समयमा पनि स्पष्ट देखिने नाइट भिजन प्रविधिसहित अडियो र भिडियो दुवै रेकर्ड हुने व्यवस्था गर्नुपर्ने माग छ। साथै सीसीटीभी फुटेज कम्तीमा १२ देखि १८ महिनासम्म सुरक्षित राख्ने कानुनी व्यवस्था गर्न परमादेश माग गरिएको छ।
पक्राउ परेको समयदेखि नै सम्बन्धित व्यक्तिको डिजिटल अभिलेख राख्ने गरी देशभर लागू हुने एकीकृत मापदण्ड बनाउन पनि रिट निवेदकहरूले माग गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।