काठमाण्डौ । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने ठूलो परिमाणका भ्याक्सिन तथा इम्युनोग्लोबुलिन टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुगेका छन्।
स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंशको उपचारमा प्रयोग हुने ८ हजार २ सय भायल एन्टिस्नेक भेनम सिरम (ASVS) बिहीबार साँझ टेकुस्थित केन्द्रीय स्टोरमा प्राप्त भएको हो।
यसैगरी, रेबिजविरुद्ध प्रयोग हुने १७ हजार ६ सय भायल रेबिज इम्युनोग्लोबुलिन (eRIG) समेत केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुगेको विभागले जनाएको छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि ती सामग्री सातै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ।
सर्पदंश तथा रेबिजको जोखिममा रहेका बिरामीको उपचारका लागि आवश्यक सामग्रीको उपलब्धता बढेसँगै देशभरका स्वास्थ्य संस्थामा उपचार सेवा थप सहज हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।