काठमाण्डौ । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२–८३ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार बैंकको अधिकांश सूचकमा उल्लेख्य सुधार देखिएको छ ।
गत आवमा बैंकल े४ अर्ब ५० करोड एक लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ४६.२० प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब ७ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र कमिसन आम्दानीमा भने सामान्य गिरावट आएको छ । अघिल्लो आवमा १० अर्ब १३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको यो बैंकले गत आवमा भने १० अर्ब २९ करोड रुपैयाँ मात्रै ब्याज आम्दानी गरेको छ ।
साथै कमिसन आम्दानी पनि १२.६५ प्रतिशत घटेको छ । अघिल्लो आवमा १ अर्ब १७ करोड रुप्ौयाँ यस्तो आम्दानी रहेकोमा गत आवमा भने १ अर्ब २ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ ।
आम्दानीमा सामान्य संकुचन देखिएपनि बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा नाफा वृद्धि हुन पुगेको हो । अघिल्लो आवमा २ अर्ब २५ करोड ४३ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज तिरेको यो बैंकको गत आवमा भने यस्तो अवस्था १ अर्ब १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।
त्यस्तै, बैंकको इपीएस पनि २०.९५ रुपैयाँबाट बढेर ३०.६३ रुपैयाँ पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ २८७.७० रुपैयाँ, तरलता अनुपात ४५.२२ प्रतिशत, पीई रेसियो ८.५४ गुणा रहेको छ ।
यता बैंकको खराब कर्जा अनुपात (एनपीएल)मा पनि सुधार देखिएको छ । अघिल्लो आवमा ४.५६ प्रतिशत रहेको बैंकको एनपीएल गत आवमा घटेर ४.१८ प्रतिशत कायम भएको छ ।
त्यस्तै, कस्ट अफ फण्ड २.९२ प्रतिशत, स्प्रेड दर ३.५४ प्रतिशत, बेस रेट ४.४५ प्रतिशत, पूँजीकोष अुनपात १३.६६ प्रतिशत, सीडी रेसियो ६२.८५ प्रतिशत, आरओई ११.२७ प्रतितश रहेको छ ।
सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३२ करोड ७९ लाख रुपैयाँ रहेको छ । यसर्थमा बैंकको लाभांश क्षमता १५६.८४ प्रतिशत रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।