आईतवार, श्रावण ३१,२०८३ 12:50:21
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 12:50:21
Bizshala
Global IME Bank Limited

भारतीय प्रधानसेनापति धिरज सेठ आज नेपाल आउँदै, सोमबार मानार्थ महारथीको दर्जा

Prabhu Bank Limited
भारतीय प्रधानसेनापति धिरज सेठ आज नेपाल आउँदै, सोमबार मानार्थ महारथीको दर्जा
New Office

 

काठमाण्डौ । भारतीय स्थल सेनाका प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्। उनी अपराह्न करिब ४ बजे काठमाण्डौ आइपुग्ने कार्यक्रम रहेको छ।

सन् २०२६ जुन ३० मा भारतीय स्थल सेनाको नेतृत्व सम्हालेका सेठ प्रधानसेनापति नियुक्त भएपछि पहिलोपटक नेपाल भ्रमणमा आउन लागेका हुन्।

नेपाल भ्रमणका क्रममा सेठलाई सोमबार विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने कार्यक्रम छ। नेपाल र भारतका सेनापतिलाई एक–अर्काको देशले मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि निरन्तर रहँदै आएको छ।

यो परम्परालाई नेपाल–भारतबीचको सैनिक सम्बन्ध, आपसी विश्वास र दीर्घकालीन सहकार्यको प्रतीकका रूपमा लिइन्छ।

CG Motors

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। गत मङ्सिर २७ गते नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले सिग्देललाई उक्त दर्जा प्रदान गरेकी थिइन्।

नेपाल र भारतबीच प्रधानसेनापति नियुक्त भएपछि एक–अर्काको देशमा औपचारिक भ्रमण गर्ने परम्परासमेत रहिआएको छ। यस्ता भ्रमणका क्रममा दुई देशका सेनाबीचको सहकार्य, तालिम, विपद् व्यवस्थापन, सुरक्षा सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने गरेको छ।

भारतीय प्रधानसेनापति सेठको भ्रमणलाई पनि दुई देशबीचको परम्परागत सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.