आईतवार, श्रावण ३१,२०८३ 05:28:09
Bizshala
  • आईतवार, श्रावण ३१,२०८३ 05:28:09
Bizshala
Global IME Bank Limited

उत्पादन तथा प्रशोधन समूहका कम्पनीको नाफा ३९% बढ्यो, जेनजी स्टकको कमजोर प्रदर्शन

Prabhu Bank Limited
उत्पादन तथा प्रशोधन समूहका कम्पनीको नाफा ३९% बढ्यो, जेनजी स्टकको कमजोर प्रदर्शन
New Office

काठमाण्डौ । उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले गत आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँ मुनाफा कमाएका छन् । सो समूहका १५ कम्पनीले गत आर्थिक वर्ष २०८२–८३ मा ५ अर्ब ८३ करोड ६ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  

यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३९ प्रतिशत बढी हो । अघिल्लो आवमा उक्त कम्पनीहरुले ४ अर्ब १९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

वित्तीय विवरणअनुसार १२ कम्पनीमा नाफामा छन् भने तीन कम्पनीले घाटा ब्यहोरेका छन् । नाफामा रहेका कम्पनीमध्ये पनि अधिकांशको नाफा अघिल्लो आवको तुलनामा घटेको छ ।  

सो मध्ये सोनापुर मिनरल्स आयलको नाफामा उल्लेख्य सुधार देखिनु र अघिल्लो आवमा घाटा ब्यहोरेको बोटलर्स नेपालले नाफा कमाएकाले यो समूहका कम्पनीहरुको समग्र नाफा बढेको देखिएको हो । कम्पनीहरुको छुट्टाछुट्टै विवरण केलाउने हो भने अधिकांशको अवस्था सन्तोषजनक देखिदैन ।  

गत आवको अन्त्यसम्म ओम मेगाश्री फर्मास्युटिकल्स, सागर डिष्टिलरी र घोराही सिमेन्टले भने घाटा ब्यहोरेका छन् ।  

सर्वाधिक नाफा कमाउनेमा हिमालयन डिष्टिलरी रहेको छ । यो कम्पनीले १ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा २८.१४ प्रतिशत वृद्धि भएको छ ।  

साथै अघिल्लो आवको तुलानामा नाफा घट्ने कम्पनीहरुमा युनिलिभर नेपाल, शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट र सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज रहेको छ । सबैभन्दा धेरै पाल्पा सिमेन्टको ५९ प्रतिशतले घटेको छ ।  

उत्पादन लागतमा वृद्धि, बजारमा मागको अनिश्चितता, कच्चा पदार्थको मूल्यवृद्धि, उच्च ब्याजदर तथा बढ्दो सञ्चालन खर्चले कम्पनीहरूको नाफामा दबाब परेको छ । केही कम्पनीको आम्दानी बढे पनि खर्चको तुलनामा नाफा विस्तार हुन नसक्दा समग्र वित्तीय प्रदर्शन सन्तोषजनक बन्न सकेको छैन ।

विशेषगरी उत्पादन तथा प्रशोधन क्षेत्रमा ठूलो लगानी आवश्यक पर्ने भएकाले ऋणको भार र ब्याज खर्चले कम्पनीहरूको वित्तीय स्वास्थ्यमा थप दबाब सिर्जना गरेको देखिन्छ । बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा उत्पादनको बिक्री र मूल्य निर्धारणमा समेत चुनौती थपिएको छ ।  

यस्तो अवस्थामा कम्पनीहरूले लागत नियन्त्रण, उत्पादन क्षमता वृद्धि, बजार विस्तार तथा वित्तीय व्यवस्थापनमा सुधार गर्न नसके आगामी दिनमा वित्तीय दबाब अझ बढ्न सक्ने देखिन्छ।

CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.