उत्पादन तथा प्रशोधन समूहका कम्पनीको नाफा ३९% बढ्यो, जेनजी स्टकको कमजोर प्रदर्शन
काठमाण्डौ । उत्पादन तथा प्रशोधन समूहका कम्पनीहरुले गत आर्थिक वर्षमा पौने ६ अर्ब रुपैयाँ मुनाफा कमाएका छन् । सो समूहका १५ कम्पनीले गत आर्थिक वर्ष २०८२–८३ मा ५ अर्ब ८३ करोड ६ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३९ प्रतिशत बढी हो । अघिल्लो आवमा उक्त कम्पनीहरुले ४ अर्ब १९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए । वित्तीय विवरणअनुसार १२...

