सोमबार, फाल्गुन २६,२०८१ 02:00:51
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 02:00:51
IME remit
Global IME Bank Limited

प्रिमियममा आइपीओ जारी गरेका ४ जीवन बीमा कम्पनी, कुनमा लगानी गर्दा उचित ?

Hyundai Nepal
प्रिमियममा आइपीओ जारी गरेका ४ जीवन बीमा कम्पनी, कुनमा लगानी गर्दा उचित ?
Nabil Bank Limited

काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ जारी गरेका चार जीवन बीमा कम्पनीको सेयर धितोपत्र दोस्रो बजारमा निकै चर्चामा छ । आईपीओ जारी गर्दा लगानीकर्ताबाट अंकित मूल्य भन्दा बढी रकम उठाएकै कारण दोस्रो बजारमा यी चार कम्पनीको स्टक चर्चामा आउने गर्छ ।  

आइएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका थिए । प्रिमियममा आइपीओ जारी गरेकै कारण सेयर सूचीकृतपश्चात् उक्त कम्पनीहरुको सेयर खरिदबिक्रीमा समेत चाप देखिने गर्दछ ।  

आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले सेयरधनीहरुलाई उत्कृष्ट लाभांश समेत वितरण गरेको थियो । सिटिजन लाइफले भने सो आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत मात्रै लाभांश बाँडेको थियो ।  

Shivam Cement
CG Motors
Laxmi Sunrise Bank Limited

तुलनात्मक रुपमा अन्य जीवन बीमा कम्पनीहरुले भन्दा प्रिमियममा आइपीओ जारी गरेका कम्पनीहरुले उत्कृष्ट लाभांश बाँडेका थिए । यसकारण पनि उक्त कम्पनीहरुको बजारमा धेरै चर्चा छ ।  

सेयर कारोबारमा उक्त कम्पनीका स्टक चर्चामा रहेपनि लगानीकर्ताहरुले सेयर खरिद गर्नुअघि कम्पनीको आधारभुत पक्ष अर्थात् वित्तीय अवस्था बुझ्न जरुरी हुन्छ । यदि भर्खरै बजार प्रवेश गरेका नयाँ लगानीकर्ता अर्थात् पुरानै लगानीकर्ताले उक्त चार जीवन बीमा कम्पनीको सेयरमा लगानी गर्न चाहेमा ती कम्पनीहरुको वित्तीय अवस्थाको बारेमा जानकारी राख्नैपर्ने हुन्छ ।  

पछिल्लो समय नेप्से इन्डेक्स बढेसँगै सेक्टरवाइज सबै कम्पनीका सेयरभाउ केही प्रतिशत भएपनि बढेका छन् । जीवन बीमा उपसूचक विगत २ महिनायता ५२.९६ प्रशितले बृद्धि भएको छ । यसर्थमा प्रिमियम मूल्यमा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनीको सेयरभाउ पनि बढेको छ ।  

बजार बढ्न थालेसँगै हाई क्याप भएका र वित्तीय अवस्था बलियो भएका कम्पनीहरु चल्न थालेका छन् । यस्तो अवस्थामा आफुले लगानी गर्न लागेको कम्पनीको नाफा, ईपीएस, नेटवर्थ, पीई रेसियो, आम्दानीको अवस्था जस्ता सूचकहरु हेर्न जरुरी हुन्छ ।  

लगानीकर्ताहरुले दीर्घकालिन लगानी गर्ने हो भने कम्पनीको वित्तीय सूचक विश्लेषण गर्न जरुरी हुन्छ । गत आर्थिक वर्षको चौथो

 त्रैमाससम्मको आधारमा उक्त चार जीवन बीमा कम्पनीमध्ये कुन कम्पनी कुन सूचकमा अब्बल देखिएको छ, र वित्तीय सूचकका आधारमा कुन कम्पनीमा लगानी गर्दा कम जोखिम र फाइदा हुन सक्न भनेर तुलनात्मक विश्लेषण तयार पारेका छौं । तर यो अध्ययन कुनै कम्पनीको धितोपत्र खरिदका लागि सिफारिस गरिएको भने होइन ।

खुद नाफाको आधारमा  

खुद नाफा कम्पनीहरुको प्रमुख सूचक मानिन्छ । लगानीकर्ताले दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीले कति मुनाफा कमाईरहेको छ, त्यो थाहा पाउनु जरुरी हुन्छ । आर्जित मुनाफाबाट कम्पनीले सेयरधनीलाई लाभांश दिन सक्छ वा सक्दैन अनुमान लगाउन सकिन्छ । गत आवमा सर्वाधिक नाफा सन नेपाल लाइफले आर्जन गरेको छ । कम्पनीले सो अवधिसम्म ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  

खुद बीमाशुल्क आर्जनको आधारमा  

बीमा कम्पनीहरुको लागि बीमा शुल्क आर्जन नै मुख्य व्यवसाय सूचक हो । लगानीकर्ताले आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय अवस्था कस्तो छ बुझ्न आवश्यक हुन्छ । यदि कम्पनीले व्यवसायमा उत्कृष्ट प्रर्दशन गरिरहेको छ, भने सो कम्पनीको प्रफिट क्यापासिटी पनि बृद्धि हुन सक्छ । बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन गरी विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन् । लगानीको दायरा बढाउँदै जाँदा कम्पनीको नाफा पनि बढ्न सक्ने सम्भावना बढ्छ । गत आवमा सबैभन्दा बढी धेरै व्यवसाय सिटिजन लाइफले गरेको छ । कम्पनीले असार मसान्तसम्म ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।  

जीवन बीमा कोषको आधारमा  

बीमा कोष बीमकहरुको प्रमुख सूचक हो । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम जीवन बीमा कोषका लागि छुट्याउनुपर्ने प्रावधान छ । बीमा कोष बलियो हुँदै जाँदा कम्पनीको जोखिम बहन गर्न सक्ने क्षमता बलियो भएको मान्न सकिन्छ । गत आवमा सर्वाधिक सिटिजन लाइफले नै १४ अर्ब ४४ करोड रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।  

रिटेन्ड अर्निङ र महाविपत्ती कोषको आधारमा  

बीमा कम्पनीहरुले वित्तीय विवरणमा रिटेन्ड अर्निङ (संचित आम्दानी÷नाफा) र महाविपत्ती कोष सूचक छुट्याएका हुन्छन् । भविष्यमा हुन सक्ने जोखिम बहन गर्न वा दायित्व बहन गर्न बीमा कम्पनीले महाविपत्ती कोषको व्यवस्था गरेका हुन्छन् । यो कोषले विपत्तीको अवस्थामा कम्पनीले कति जोखिम गर्न सक्छ भन्ने निर्धारण हुन्छ । त्यस्तै, सेयरधनी वा कर्मचारी तथा बीमितलाई प्रतिफल बाँड्नका लागि बीमा कम्पनीले रिटेन्ड अर्निङ कोष छुट्याएका हुन्छन् । यस सूचकलाई जगेडा कोषको रुपमा पनि लिन सकिन्छ । गत आवमा सबैभन्दा बढी रिटेन्ड अर्निङमा आइएमई लाइफले १ अर्ब  २ करोड रुपैयाँ सञ्चित गरेको छ । त्यस्तै, महाविपत्ती कोषमा पनि आइएमई लाइफले नै १७ करोड ७४ लाख रुपैयाँ सञ्चिति गरेको छ ।

चुक्तापुँजीको आधारमा  

दोस्रो बजारमा लगानी गर्नुअघि आफुले लगानी गर्न लागेको कम्पनीको चुक्तापुँजी कति छ, त्यो बुझ्न जरुरी हुन्छ । चुक्तापुँजी बढी भएका कम्पनीको सेयर बजारमा सहजै खरिद गर्न पाउने भएकाले त्यस्ता कम्पनीको सेयर ह्वात्तै नबढ्ने चान्स बढी हुन्छ । चुक्तापुँजी कम भएका कम्पनीका सेयर भने खरिद बढ्न सक्ने हुनाले त्यस्ता कम्पनीको सेयर पनि उल्लेख्य बढ्न सक्ने सम्भावना बढी हुन्छ । गत आवमा सर्वाधिक चुक्तापुँजी आइएमई लाइफको ५ अर्ब रुपैयाँ र सबैभन्दा कम सिटिजन लाइफको ३ अर्ब ९३ करोड रुपैयाँ छ ।  

खुद दाबी भुक्तानीको आधारमा  

बीमा कम्पनीहरुको लागि दाबी भुक्तानी सूचक महत्वपूर्ण सूचक हो । दाबी भुक्तानीको अवस्थाले कम्पनी बीमितमैत्री छ वा छैन थाहा पाउन सकिन्छ । यदि कम्पनीको दाबी भुक्तानीको अवस्था कमजोर देखिएमा कम्पनीको व्यवसायमा विस्तार नदेखिएको र बीमितमैत्री समेत नरहेको बुझ्न सकिन्छ । गत आवमा सर्वाधिक दाबी भुक्तानी सिटिजन लाइफले ५ अर्ब ७६ करोड रुपैयाँ गरेको छ । कम्पनीको व्यवसाय र जारी बीमालेख संख्याको आधारमा पनि कम्पनीको क्लेम सेटलमेन्ट निर्धारण हुने गर्दछ ।  

आम्दानीको आधारमा  

बीमा कम्पनीहरुको मुख्य आम्दानी भनेको बीमा शुल्क बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपको रुपमा राखिनु हो । कम्पनीहरुले ठूलो रकम बैैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा राखेका हुन्छन् । साथै सूचीकृत सेयर तथा सरकारी ऋणपत्र, हाइड्रोपावर कम्पनी जस्ता अन्य क्षेत्रमा पनि कम्पनीहरुले लगानी गरेका हुन्छन् । यसका साथै बीमितहरुलाई कर्जा प्रवाह गरी सो बाट पनि कम्पनीले ब्याजदरको रुपमा आम्दानी गरेका हुन्छन् ।  कम्पनीहरुले आर्जन गर्ने मुनाफा नै आम्दानीको मुख्य स्रोत हो । कुन कम्पनीले कति आम्दानी गरेको छ सो आधारमा खुद नाफा मापन गर्न सकिन्छ । गत आवमा सबैभन्दा बढी सिटिजन लाइफले ७ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

प्रतिसेयर आम्दानीका आधारमा  

धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ । यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ । गत आवको अन्त्यसम्म सबैभन्दा बढी इपीएस सन नेपाल लाइफको १४।५१ रुपैयाँ छ ।    

प्रतिसेयर नेटवर्थको आधारमा  

प्रतिसेयर नेटवर्थ (बुकभ्यालु) पनि प्रमुख सूचक मानिन्छ । प्रतिसेयर नेटवर्थबाट कम्पनीले दायित्व तिर्न सकिरहेको छ या छैन बुझ्न सकिन्छ । यो दरमा बृद्धि हुनु नै राम्रो मानिन्छ । नेटवर्थ बृद्धिदरले कम्पनीको दायित्व घटिरहेको बुझ्न सकिन्छ । गत आवमा सबैभन्दा बढी नेटवर्थ सिटिजन लाइफको १७६.९६ रुपैयाँ छ ।  

पीई रेसियोको आधारमा  

मूल्य आम्दानी अनुपात (पीई रेसियो) सेयर लगानीकर्ताका लागि महत्वपूर्ण हुन्छ । यो सूचकले कम्पनीले कमाएको १ रुपैयाँलाई लगानीकर्ताले कति रुपैयाँ तिरिरहेका छन् भन्ने देखाउँछ । यो अनुपात १८ देखि २५ को हाराहारीमा भए राम्रो मानिन्छ । पीई रेसियो धेरै भएमा सिद्धान्तको आधारमा राम्रो मानिदैन । गत आवसम्म सबैभन्दा कम पीई रेसियो सन नेपाल लाइफको ३५.२३ गुणा छ ।

 

Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.