सोमबार, भाद्र १,२०८३ 01:57:28
Bizshala
  • सोमबार, भाद्र १,२०८३ 01:57:28
Bizshala
Global IME Bank Limited

त्रिशूलीमा बाँसको पुलको हल्ला, गृहमन्त्री तातिए– ‘भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिनू’

त्रिशूलीमा बाँसको पुलको हल्ला, गृहमन्त्री तातिए– ‘भ्रम फैलाउनेलाई गालामा मालिस गरिदिनू’
New Office

काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङले त्रिशूली नदीमा बाँसको पुल निर्माण हुन लागेको भन्ने हल्ला फैलाउनेहरूप्रति व्यंग्य गर्दै ‘गालामा मालिस गरिदिए हुन्छ’ भन्ने अभिव्यक्ति दिएका छन्।

गोरखा–१ अन्तर्गत विभिन्न क्षेत्र पुगेर स्थानीयका गुनासा र समस्या सुनिरहेका गृहमन्त्री गुरुङले आइतबार सहिद लखन गाउँपालिका–४, ताक्लुङमा स्थानीयसँगको संवादका क्रममा यस्तो टिप्पणी गरेका हुन्।

स्थानीयले त्रिशूली नदीमा सरकारले बाँसको पुल बनाउने तयारी गरेको भन्ने चर्चा चलेको विषय गृहमन्त्रीसमक्ष राखेका थिए। त्यसको जवाफमा गुरुङले त्रिशूलीजस्तो ठूलो नदीमा बाँसको पुल बन्ने कुरा नै अव्यावहारिक भएको बताए।

Bizshala
CG Motors

उनले बाँसको पुल निर्माणका लागि राज्यले लाखौं रुपैयाँ खर्च गर्छ भन्ने हल्लामा कुनै तुक नरहेको भन्दै यस्तो सूचना फैलाउनेलाई ‘बुद्धु’को संज्ञासमेत दिए।

‘त्रिशूलीमा कसरी बाँसको पुल राख्ने ? राज्यको पैसा खर्च गरेर त्यस्तो पुल बनाउने कुरा कसरी सम्भव हुन्छ ?’ भन्दै उनले स्थानीयलाई भ्रममा नपर्न आग्रह गरे।

गुरुङले नेपाल सरकार त्रिशूलीमा बाँसको पुल बनाउने गरी निर्णय गर्ने अवस्थामा नरहेको उल्लेख गर्दै वास्तविक पुल निर्माणका लागि आवश्यक बजेट र प्राविधिक प्रक्रिया फरक हुने बताए।

सोही क्रममा उनले व्यंग्यात्मक शैलीमा भने, ‘अब फेरि कसैले यस्तो भ्रम फैलायो भने गालामा यसो मालिस गरिदिए हुन्छ, सुमसुम्याइदिए हुन्छ—के कुरा गर्नुभएको भनेर।’

गृहमन्त्रीको उक्त अभिव्यक्ति स्थानीयस्तरमा फैलिएको हल्लाप्रतिको आक्रोश र व्यंग्यका रूपमा आएको हो। उनले विकास निर्माणसम्बन्धी विषयमा तथ्यहीन सूचना फैलाएर नागरिकलाई भ्रमित नगर्नसमेत आग्रह गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.