बिहीबार, श्रावण २८,२०८३ 01:13:53
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 01:13:53
Bizshala
Global IME Bank Limited

बोलिङगरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति–कतिमा ?

Prabhu Bank Limited
बोलिङगरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति–कतिमा ?
New Office

काठमाण्डौ । आज सेयर बजारमा दिनभर नै गिरावट देखियो । आज कारोबारको अन्त्मा भने करिब २५ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले बजारमा बिक्री दबाव परेको बुझिन्छ ।  

बोलिङगर ब्याण्डमार्फत नियाल्दा आज बजार मध्य ब्याण्ड भन्दा तल खसेको छ । जसले बजार तल्लो ब्याण्डसम्ममा पनि सपोर्ट लिन आउन सक्छ भन्ने हो । म्याक्डीमार्फत हेर्दा अझै पनि बजार बुलिस क्रस भ्यालिड नै छ । हिस्टोग्राम सकरात्मक नै छन् ।  

आरएसआईमार्फत नियाल्दा यसपटक पनि बजारले न्यूट्रल जोन ५० मा नै प्रतिरोधको सामाना गरेर हाल ४० को तहमा छ । समग्रमा ३ वटै इन्डिकेटरबाट नियाल्दा बजार कमजोर देखिन्छ ।  

पिभटमार्फत नियाल्दा आज १९७४ मा बन्द भएको बजारको पहिलो सपोर्ट १९६७ , दोस्रो सपोर्ट १९३५ र तेस्रो सपोर्ट १९०५ लिन सक्छ ।  

त्यसैगरि, बजार बढेमा २०२८ , २०५८ र २०९० मा प्रतिरोध लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.