काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो बैंकिङ सेवा विस्तार गर्ने क्रममा पाल्पाको तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
बैंकले २०८३ साल भदौ १ गतेदेखि उक्त एक्सटेन्सन काउण्टरमार्फत सेवा सुरु गरेको हो। नयाँ काउण्टर सञ्चालनमा आएसँगै एभरेष्ट बैंकका एक्सटेन्सन काउण्टरको संख्या पाँच पुगेको छ।
नयाँ काउण्टरबाट पाल्पावासी तथा अस्पतालमा आउने सेवाग्राहीले सहज, सरल र आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।
सेवा विस्तारसँगै स्थानीयस्तरमा बैंकिङ पहुँच थप प्रभावकारी हुने तथा ग्राहकलाई आवश्यक वित्तीय सेवा लिन सहज हुने विश्वास बैंकले व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।