बुधबार, भाद्र ३,२०८३ 08:54:28
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 08:54:28
Bizshala
Global IME Bank Limited

मिड सोलु हाइड्रोपावरको ७७.६३ लाख कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुँदै

मिड सोलु हाइड्रोपावरको ७७.६३ लाख कित्ता सेयरको लक इन अवधि असोजमा समाप्त हुँदै
New Office

काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडले संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कम्पनीका कर्मचारीको स्वामित्वमा रहेका सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले नेपाल धितोपत्र बोर्डमा दर्ता भएका कुल सेयरमध्ये लक इन अवधिमा रहेका सम्बन्धित सेयरधनीहरूको सेयरको लक इन अवधि असोज १० गते समाप्त हुने जानकारी दिएको हो।

Bizshala
CG Motors

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार संस्थापक सेयरधनीको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको ८ लाख ६० हजार ६६० कित्ता र कम्पनीका कर्मचारीको १७ हजार २१३ कित्ता सेयर लकइन अवधिमा रहेका छन्।

यसरी कुल ७७ लाख ६३ हजार १५३ कित्ता शेयरको लक(इन अवधि समाप्त हुने कम्पनीले जनाएको छ।

लक इन अवधि समाप्त भएपछि सम्बन्धित सेयरधनीले प्रचलित नियम तथा नियामकीय व्यवस्थाअनुसार उक्त सेयर कारोबार गर्न सक्नेछन्। यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने व्यवस्था लागू हुने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.