बुधबार, भाद्र ३,२०८३ 03:38:57
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:38:57
Bizshala
Global IME Bank Limited

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागू
New Office

काठमाण्डौ । एनसेलले आज मंगलबारबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ । कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दरमा लागू गरेको हो ।

दूरसञ्चार ऐन २०५३को दफा ४२ अनुसार प्राधिकरणलेएनसेलको नयाँ पल्सदरका लागि निर्णयानुसारस्वीकृति प्रदान गरेको हो ।

Bizshala
CG Motors

प्राधिकरणको स्वीकृति बमोजिम अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, ईटाली, जापान, साउथ कोरिया, लेवनान, मलेसिया, न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिङ्गापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबियालगायतका गन्तव्य मुलुकहरुमा योनयाँ पल्स दर लागु भएकोछ ।

नयाँ पल्स दर कायम भएका सबै मुलुकहरुको पुरासुचि, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिन्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.