शुक्रबार, भाद्र ५,२०८३ 11:42:01
Bizshala
  • शुक्रबार, भाद्र ५,२०८३ 11:42:01
Bizshala
Global IME Bank Limited

फ्रान्सको हतियार निर्यात रेकर्डस्तरमा, २१.२ अर्ब युरोबराबरको अर्डर प्राप्त

फ्रान्सको हतियार निर्यात रेकर्डस्तरमा, २१.२ अर्ब युरोबराबरको अर्डर प्राप्त
New Office

काठमाण्डौ । विश्वभर युद्ध र सुरक्षा तनाव बढिरहेका बेला फ्रान्सेली रक्षा उद्योगले ठूलो लाभ हासिल गरिरहेको छ। फ्रान्सको रक्षा मन्त्रालयको पछिल्लो प्रतिवेदनअनुसार सन् २०२५ मा फ्रान्सले २१.२ अर्ब युरोबराबरको हतियार निर्यातका लागि अर्डर प्राप्त गरेको छ। यो सन् २०२४ को २१.६ अर्ब युरोको तुलनामा केही कम भए पनि फ्रान्सको इतिहासमा तेस्रो ठूलो वार्षिक आँकडा हो।

फ्रान्सेली सशस्त्र बल मन्त्रालयले अगस्ट १२ मा सार्वजनिक गरेको सन् २०२६ को संसदीय प्रतिवेदनमा यस्तो तथ्यांक उल्लेख गरिएको हो। यसअघि सन् २०२२ मा फ्रान्सले सबैभन्दा बढी २६.९ अर्ब युरो बराबरका हतियार निर्यात आदेश प्राप्त गरेको थियो। उक्त वर्ष संयुक्त अरब इमिरेट्सले ८० वटा राफाल लडाकु विमान खरिद गर्ने सम्झौता गरेको थियो।

फ्रान्सको पछिल्लो निर्यात वृद्धिमा भारत र इन्डोनेसियासँग भएका रक्षा सम्झौताले महत्वपूर्ण योगदान दिएका छन्। भारतीय नौसेनाका लागि २६ वटा राफाल मरीन लडाकु विमान तथा इन्डोनेसियाका लागि स्कोर्पिन पनडुब्बी सम्बन्धी आदेशले फ्रान्सको रक्षा निर्यातलाई उच्च स्तरमा पुर्‍याउन सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

Bizshala
CG Motors

भारतसँग थप ११४ राफाल लडाकु विमान खरिदसम्बन्धी सम्भावित सम्झौताले आगामी वर्ष फ्रान्सको रक्षा निर्यात अझ बढ्न सक्ने अपेक्षा गरिएको छ।

सन् २०२३ मा भने फ्रान्सको हतियार निर्यात आदेश तीव्र रूपमा घटेर ८.२ अर्ब युरोमा सीमित भएको थियो। तर त्यसयता युरोपमा सुरक्षा चुनौती बढ्दै गएपछि फ्रान्सेली रक्षा सामग्रीको माग पुनः तीव्र बनेको छ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली देशहरूले आफ्नो सैन्य क्षमता विस्तार र हतियार भण्डारणमा जोड दिएका छन्। यसले फ्रान्ससहित युरोपका प्रमुख रक्षा उत्पादक मुलुकका लागि नयाँ बजार सिर्जना गरेको छ।

अन्तर्राष्ट्रिय रणनीतिक अध्ययन संस्थानका अनुसार सन् २०२५ मा विश्वव्यापी रक्षा खर्च करिब २.५ प्रतिशतले बढेर २.६३ ट्रिलियन अमेरिकी डलर पुगेको छ। यसको करिब आधा हिस्सा अमेरिका र अन्य ३१ नेटो सदस्य राष्ट्रले खर्च गरेका छन्।

यस्तै, युरोपेली रक्षा एजेन्सीका अनुसार युरोपेली संघका सदस्य राष्ट्रहरूको रक्षा खर्च सन् २०२५ मा करिब ३८१ अर्ब युरो पुग्ने अनुमान गरिएको थियो। सन् २०२० को तुलनामा यो खर्च ६२ प्रतिशतभन्दा बढी वृद्धि हो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.