सोमबार, भाद्र ८,२०८३ 07:58:58
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 07:58:58
Bizshala
Global IME Bank Limited

अर्थमन्त्रीलाई ग्राउण्ड जिरो लगानीकर्ताको प्रश्न : ‘पम्प एण्ड डम्प रोक्छौं’ भन्नुभएको होइन, ‘बजार बढेको खोई त ?’

अर्थमन्त्रीलाई ग्राउण्ड जिरो लगानीकर्ताको प्रश्न : ‘पम्प एण्ड डम्प रोक्छौं’ भन्नुभएको होइन, ‘बजार बढेको खोई त ?’
New Office

काठमाण्डौ । पछिल्लो समय नेपालको सेयरबजारमा अपेक्षाअनुसार सुधार आउन नसक्दा सेयर लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । बजारमा कारोबार रकम बढेपनि नेप्से परिसूचक निरन्तर दबाबमा रहँदा लगानीकर्तामा अन्योल र निराशा बढेको देखिएको छ ।

विशेषगरी अहिलेको सरकारलाई लगानीकर्तालाई विश्वास गर्न नसक्नु र सरकारले पनि लगानीकर्तालाई विश्वास दिलाउन नसक्नु बजारमा आउने गिरावटको मुख्य कारण बनेको छ । पूँजीबजार बढ्नका लागि सबै पक्ष सबल हुँदाका वाबजुत पनि बजारले लय लिन नसक्नुको मुख्य कारण अहिले लगानीकर्ताहरु लगानीको उचित वातावरणको महसुस नगर्नु र बजारमा थप रकम नभित्रनु हो ।  

पछिल्ला दिनमा बजारको गति कमजोर भएसँगै ब्रोकर हाउसमा लगानीकर्ताको सहभागिता पनि घट्न थालेको छ । केही ब्रोकरमा लगानीकर्ताको सहभागी थोरै बाक्लिएपनि सेयरबजार भन्दा अन्य विषयमा बढी गफिएको देखिन्छ ।  

बिजशालाको नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’ अन्तर्गत सोमबार काठमाण्डौको डिल्लीबजार र अनामनगर क्षेत्रका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको मनोविज्ञान बुझ्ने प्रयास गरिएको थियो । बजार बढ्दा लगानीकर्ताको सहभागिता बढ्ने र बजार सुस्ताउँदा सहभागिता घट्ने प्रवृत्तिले पनि अहिले लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रूपमा बलियो भइनसकेको देखाएको छ ।

साथै ब्रोकर हाउसका लगानीकर्ताहरुले सरकारको गतिविधिका कारण लगानीको वातावरण उचित नभएको गुनासो पोखेका छन् ।  

बजार घट्दा लगानीकर्ताको गुनासो– ‘यसरी थोरै–थोरै घट्दा त घाँटी रेटेझैँ भयो’

सर्वप्रथम हामी डिल्लीबजारमा रहेको श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नं. २८) मा पुग्यौं । नेप्से परिसूचक सामान्य अंकले घटिसकेको थियो । लगानीकर्ताको सहभागिता ठिकै थियो ।  

लगानीकर्ताहरु विभिन्न स्क्रिप्ट हेर्न व्यस्त देखिन्थे । धेरैजसोले हाइड्रो समूहका कम्पनीहरु खरिदका लागि छान्दै थिए । एकजना महिला लगानीकर्ताले भनिन्, ‘रिडी हाइड्रोपावरको सेयर किनेकी छु, एक रुपैयाँ त बढ्यो अलिक राम्रै बढे हुन्थ्यो ।’  

उनकै छेउमा बसेका अर्का लगानीकर्ताले भने कम्पनी छानेर किनिहाल्न सुझाव दिदै थिए । ‘ल है सेयर किन्ने भए किनिहालौं, अब बजार फर्किन सक्ने सम्भावना छ’ ती लगानीकर्ताले भने, ‘बुटवल पावर कम्पनी, रुरु जलविद्युत  र सिक्लेस हाइड्रो जस्ता डिभिडेन्ट दिनेजस्ता कम्पनी किन्दा राम्रो हुन्छ ।’

अर्का लगानीकर्ता भने सेयर खरिदको लागि डिमाण्डमा राख्दा पनि नपाइएको गुनासो पोख्दै थिए । ‘घटेको बेला सेयर किनौं भनेको खोई त किन्नै पाइएको छैन’ ती लगानीकर्ताले भने ।

उनको कुरा नसकिँदै अर्कोले जवाफ दिए, ‘अब यस्तो घटेको बेला सस्तोमै सेयर पाइरहेको छ, त्यहि पनि २–३ प्रतिशत घटाएर डिमाण्डमा राख्दा कहाँ पाइन्छ त ?’

पछाडी बसेका महिला लगानीकर्ता भने दिनहुँ बजार घट्दा आफ्नो पोर्टफोलियो पनि ह्वात्तै घट्न थालेको गुनासो पोख्दै थिईन् । ‘बजार पनि थोरै–थोरै घटेर तड्पाईरहेको छ, बरु १०० अंकले घटेर फर्किए हुन्थ्यो’ उनले भनिन्, ‘यसरी थोरै–थोरै दिनकै बजार घट्दा त हतियारले घाँटी रेटेझे भयो हामीलाई ।’

त्यसपछि हामी दोस्रोमा अनामनगरमै रहेको भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४)मा पुग्यौं । सँधै बाक्लो उपस्थिति रहने उक्त ब्रोकर हाउसमा आज सन्नाटा छाएको थियो । एकजना पनि लगानीकर्ता उपस्थित थिएनन् ।  

‘पम्प एण्ड डम्प रोक्छौं’ भन्ने सरकारलाई लगानीकर्ताको प्रश्न– ‘बजार बढेको खोई ?

नेप्सेमा सामान्य अंकको उतारचढाव कायमै थियो । हामी अनामनगरमै रहेको ब्रोकर नंं ५७ अर्थात् आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजमा पुग्यौं । उक्त ब्रोकरमा ४–५ जना लगानीकर्ता मात्रै थिए ।  

लगानीकर्ताहरु समग्र राजनीतिक विषयसँगै पूँजीबजारको विषयमा गफिदै थिए । त्यत्तिकैमा एकजना लगानीकर्ताले भने, ‘खोई त अर्थमन्त्रीले अब पूँजीबजार विस्तारै बढ्दै जान्छ, बजारमा ‘पम्प एण्ड डम्प’ हुन दिदैनौं भन्नुभएको थियो तर यहि हो बजार बढको ?’

उनको कुरालाई समर्थन गर्दै अर्का लगानीकर्ताले थपे, ‘त्यहि त पहिला–पहिला यो समयमा सेयरबजार कस्तो राम्रो हुन्थ्यो अहिले त खोई के भएको बजार हेर्दा पनि अतेस लाग्ने जस्तो ।’

एकछिनपछि एकजना लगानीर्ता आए र उनले आउने बित्तिकै स्क्रिन बोर्डतर्फ हेर्दै भने, ‘घरमा बस्न पनि मन नलाग्ने ब्रोकरमा आएर पनि खासै उभो लाग्ने त होइन, अब यहि रातो रङ मन पर्न थालेको छ, त्यहि भएर आए म त ।’

अर्का युवा लगानीकर्ताले भने सरकारको धरपकडका कारण सेयरबजार दिगो हुन नसकेको गुनासो पोख्दै थिए । ‘अब यो सरकारले गर्न चाहि के खोजेको हो, ठूलो पैसा बजारमा आउँदा कसरी र कहाँबाट आयो भनेर सोधपुछ गरेर झन्झट गराईदिने अनि सानो रकमले कसरी बजार बढ्छ त’ ती लगानीकर्ताले भने, ‘सहज ढंगबाट लगानीकर्तालाई पूँजीबजारमा लगानी गर्ने वातावरण पनि छैन अनि लगानीर्ताको हितमा काम गछौं भनेर ठूल्ठूला गफ मात्रै दिने ।’

अन्य लगानीकर्ताले पनि पूँजीबजारमा सजिलै पैसा हाल्न नपाउँदा बजार माथि उक्लिन नसकेको गुनासो पोखे ।  

लाभांश दिने कम्पनीतर्फ लगानीकर्ताको नजर  

अन्तिममा हामी अनामनगरमै रहेको दिपशिखा धितोपत्र कारोबार कम्पनीमा पुग्यौं । उक्त ब्रोकरमा भने लगानीकर्ताको सहभागित तुलनात्मक बढी देखिन्थ्यो । लगानीकर्ताहरु अन्तिमसम्म बजार फकिर्ने आशामा देखिन्थे ।  

लगानीकर्ता विभिन्न स्क्रिप्टका विषयमा गफिँदै थिए । एकजना लगानीकर्ताले स–सानो कमिला कताबाट आइपुगेछ भन्दै रमाईलो कुरा अन्यलाई सुनाउँदै थिए ।  

एकजना महिला लगानीकर्ताले ठट्यौली पारामा उनको जवाफ दिईन्, ‘अब यो कमिला पनि सेयरबजार घटाउन आएकै त होला नि !’

धेरैजसो लगानीकर्ताले हाईड्रो सेक्टरका कम्पनीको विषयमा कुरा गर्दै थिए । ‘अब लाभांश सिजन सुरु भइसक्यो यसो हेरेर राम्रो लाभांश दिने कम्पनी किन्दा नै राम्रो हुन्छ होला नत्र त अहिले बजारबाटै रिटर्न पाइने कुनै छाँटकाँट छैन’ एक लगानीकर्ताले भने ।  

Bizshala
CG Motors

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.