मंगलवार, भाद्र ९,२०८३ 02:05:14
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 02:05:14
Bizshala
Global IME Bank Limited

टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, दशैं आसपास डेलिभरी

टाटा सिएरा ईभीको नेपालमा प्रि-बुकिङ खुला, दशैं आसपास डेलिभरी
New Office

काठमाण्डौ । टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सिएरा ईभीको नेपालमा प्रि-बुकिङ सुरु भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ बाट सिएरा ईभीको बुकिङ खुला गरेको हो।

कम्पनीले हालसम्म सिएरा ईभीको आधिकारिक बिक्री मूल्य भने सार्वजनिक गरेको छैन। सिप्रदीले निश्चित टोकन रकम लिएर प्रि-बुकिङ सुरु गरेको जनाएको छ। अहिले बुकिङ गर्ने ग्राहकलाई दशैं आसपास सवारी डेलिभरी गर्ने तयारी कम्पनीको छ।

सिएरा ईभी नेपालमा दुई ब्याट्री विकल्पमा उपलब्ध हुने बताइएको छ। यसमा ६३ किलोवाट आवर र ७५ किलोवाट आवर क्षमताका ब्याट्री प्याक रहनेछन्। कम्पनीको दाबीअनुसार यी ब्याट्रीले क्रमशः ५३५ किलोमिटर र ६६५ किलोमिटरसम्म रेन्ज दिन सक्छन्।

फास्ट चार्जिङलाई पनि सिएरा ईभीको महत्वपूर्ण विशेषताका रूपमा प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार करिब १५ मिनेटको फास्ट चार्जिङबाट २६३ किलोमिटरसम्म यात्रा गर्न पुग्ने ऊर्जा ब्याट्रीमा भर्न सकिन्छ।

Bizshala
CG Motors

पावरट्रेनतर्फ रियर ह्वील ड्राइभ (RWD) भेरियन्टमा १७५ किलोवाट क्षमताको मोटर रहनेछ भने अल ह्वील ड्राइभ (AWD) भेरियन्टमा २२५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। एसयूभीले अधिकतम ५०४ न्यूटन मिटर टर्क उत्पादन गर्ने कम्पनीको भनाइ छ।

सिएरा ईभीको बाहिरी डिजाइनमा आधुनिक र क्लासिक सिएरा पहिचानको मिश्रण देखिन्छ। यसमा फुल एलईडी लाइटबार, प्रोजेक्टर एलईडी हेडलाइट, फ्लस-टाइप डोर ह्यान्डल, सिग्नेचर सिएरा रियर क्वाटर ग्लास, १८ इन्चका ह्वील, रुफ स्पोइलर तथा शार्क-फिन एन्टेना उपलब्ध छन्।

सस्पेन्सन प्रणालीमा अल्ट्रा गाइड तथा फ्रिक्वेन्सी-डिपेन्डेन्ट ड्याम्पिङ प्रविधि प्रयोग गरिएको छ। पछाडिको भागमा इन्डिपेन्डेन्ट सस्पेन्सन दिइएको छ, जसले विभिन्न सडक अवस्थामासमेत सन्तुलित र आरामदायी ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ।

सिएरा ईभीको सुरुवाती भेरियन्टमै भ्वाइस असिस्टेड प्यानोरामिक सनरुफ उपलब्ध हुने बताइएको छ। बक्सी डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स र आकर्षक बाहिरी स्वरूपसँगै यसको इन्टेरियरलाई पनि आधुनिक र प्रविधिमैत्री बनाइएको छ।

एक्टी डट ईभी प्लेटफर्ममा आधारित सिएरा ईभीको क्याबिन डुअल-टोन थिममा तयार गरिएको छ। यसमा १२.३ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १०.२५ इन्चको इन्फर्मेसन डिस्प्ले, ८-स्पीकर अडियो सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस एन्ड्रोइड अटो, स्टेयरिङ-माउन्टेड कन्ट्रोल र किलेस इन्ट्रीलगायत सुविधा छन्।

कनेक्टिभिटीका लागि यसमा iRA.ev कनेक्टेड कार सुइट दिइएको छ। कम्पनीका अनुसार यस प्रणालीमा ७० भन्दा बढी स्मार्ट कनेक्टेड फिचर उपलब्ध छन्। त्यस्तै ५जी कनेक्टिभिटी, वायरलेस चार्जिङ र १५ वटा मल्टिमिडिया फिचरसमेत समावेश गरिएको छ।

सुरक्षातर्फ सिएरा ईभीमा ६ वटा एयरब्यागसँगै इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्रामअन्तर्गत १९ वटा सुरक्षा फिचर उपलब्ध छन्। चारै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको यस एसयूभीको सुरुवाती भेरियन्टमै रियर पार्किङ सेन्सर तथा डाइनामिक गाइडलाइनसहितको रियर क्यामेरा उपलब्ध हुने कम्पनीले जनाएको छ।

आधिकारिक मूल्य सार्वजनिक नभए पनि आकर्षक डिजाइन, लामो रेन्ज, उच्च क्षमताको मोटर र आधुनिक प्रविधिका कारण सिएरा ईभी नेपाली ईभी बजारमा चासोका साथ हेरिएको मोडल बनेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X