मंगलवार, भाद्र ९,२०८३ 02:08:51
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 02:08:51
Bizshala
Global IME Bank Limited

३६ वर्षको करियरमा व्यवसायीको मनोबल अहिले सबैभन्दा कमजोर– अन्जन श्रेष्ठ

३६ वर्षको करियरमा व्यवसायीको मनोबल अहिले सबैभन्दा कमजोर– अन्जन श्रेष्ठ
New Office

काठमाण्डौ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले मुलुकका उद्योगी–व्यवसायीको मनोबल पछिल्लो ३६ वर्षयताकै कमजोर अवस्थामा पुगेको बताएका छन्।

१८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले आफ्नो ३६ वर्ष लामो व्यावसायिक अनुभवमा अहिलेको अवस्था सबैभन्दा निराशाजनक देखिएको बताएका हुन्।

उनले अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामा रहेको, बजारमा शिथिलता कायमै रहेको र समग्र माग बढ्न नसकेको उल्लेख गरे। उद्योग तथा व्यवसाय सञ्चालनमा कठिनाइ बढ्दै जाँदा व्यवसायीहरू गम्भीर दबाबमा परेको उनको भनाइ थियो।

“मेरो ३६ वर्षको करियरको अनुभवले अहिले व्यवसायी सबैभन्दा कमजोर मनोअवस्थामा पुगेका छन् भन्ने लाग्छ,” उनले भने, “बजार चलायमान हुन सकेको छैन, माग बढेको छैन र व्यवसाय सञ्चालन झन् कठिन बन्दै गएको छ।”

Bizshala
CG Motors

श्रेष्ठले सरकारले चालु बजेटमार्फत अर्थतन्त्रलाई चलायमान बनाउने विभिन्न प्रतिबद्धता गरे पनि ती घोषणा कार्यान्वयनतर्फ ठोस प्रगति नदेखिएको बताए। सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर बनाउने र १२ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको भए पनि त्यसअनुसारका रणनीति र कार्ययोजना अघि नबढेको उनको टिप्पणी थियो।

उनले अहिले अर्थतन्त्रलाई सामान्य सुधार मात्र नभई पुनर्संरचनाकै आवश्यकता रहेको बताए।

अटोमोबाइल क्षेत्रको योगदानबारे उल्लेख गर्दै श्रेष्ठले गत आर्थिक वर्षमा करिब १ खर्ब ६ अर्ब रुपैयाँ बराबरको सवारीसाधन तथा अटोसम्बन्धी वस्तु आयात भएको र त्यसबाट सरकारले करिब ८१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको बताए।

कुल राजस्वमा ठूलो योगदान दिने अटोमोबाइल क्षेत्रप्रति सरकारको दृष्टिकोण स्पष्ट र प्राथमिकतामूलक हुनुपर्ने उनको भनाइ थियो।

“करिब १२ खर्ब रुपैयाँको कुल राजस्वमध्ये एक्लै ८१ अर्ब रुपैयाँ योगदान गर्ने क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ,” उनले भने।

श्रेष्ठले आयात प्रतिस्थापनका लागि नेपालमै अटोमोबाइल तथा यससँग सम्बन्धित उद्योग स्थापना र विस्तार गर्नुपर्नेमा पनि जोड दिए। स्वदेशी उद्योगलाई टिकाउन राज्यबाट संरक्षण, स्थिर नीति र स्पष्ट प्रोत्साहन आवश्यक रहेको उनको भनाइ थियो।

उनका अनुसार केही उद्योग सञ्चालनमा आए पनि सरकारले ती उद्योगले भोगिरहेका समस्या पर्याप्त रूपमा सम्बोधन गर्न सकेको छैन।

वर्तमान सरकारले लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेको सन्दर्भमा श्रेष्ठले सञ्चालनमै रहेका उद्योगको अवस्था झन् कमजोर बन्न नदिन सरकार सचेत हुनुपर्ने बताए।

उनले सरकारलाई सचेत गराउँदै भने, “भुइँको टिप्दा पोल्टाको खस्ला भन्ने कुरामा ध्यान दिनुपर्छ।”

श्रेष्ठले बन्द उद्योग खोल्ने प्रयास सकारात्मक भए पनि अहिले सञ्चालनमा रहेका उद्योगलाई जोगाउने, बजारमा माग बढाउने र निजी क्षेत्रको विश्वास पुनःस्थापित गर्ने कामलाई समान प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X