शनिबार, असार १४,२०८२ 02:54:39
  • शनिबार, असार १४,२०८२ 02:54:39
Global IME Bank Limited

नेपाल लाइफले सञ्चालन गर्‍यो २ दिने निःशुल्क स्वास्थ शिविर

Hyundai Nepal
नेपाल लाइफले सञ्चालन गर्‍यो २ दिने निःशुल्क स्वास्थ शिविर
Nabil Bank Limited

काठमाण्डौ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २३ औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले वैशाख २१ र २२ गते कम्पनीको केन्द्रीय कार्यालय क्लासिक कम्प्लेक्समा उक्त निःशुल्क शिविर सञ्चालन गरेको हो ।  

उक्त शिविरबाट करिब ५०० जनाभन्दा बढी लाभन्वित भएको कम्पनीले जनाएको छ । शिविरमा इसीजी, ईको, लिपिड प्रोफाइललगायतका विशिष्टीकृत जाँचहरु गरिनुका साथै निःशुल्क औषधि पनि वितरण गरिएको थियो । कार्यक्रममा कर्मचारी,अभिकर्ता, ग्राहक तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको कम्पनीले जनाएको छ ।  

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मानवको सबैभन्दा महत्त्वपूर्ण पक्ष स्वास्थ्य रहेको र समय–समयमा स्वास्थ्य परीक्षण गराउनु नितान्त आवश्यक रहेकाले शिविर सञ्चालन गरिएको जानकारी गराए । 

CG Motors
Muktinath Bikas Bank Limited

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उनले हाल काठमाण्डौमा शिविर सञ्चालन गरिएको र अब आगामी दिनमा नेपालको दूरदराजमा स्वास्थ्य सेवाबाट वञ्चित सीमान्तकृत तथा आर्थिक रुपले विपन्न वर्गको स्वास्थ्य परीक्षण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।  

कम्पनीले बुआ केयरको प्राविधिक सहयोगमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्वास्थ्य शिविरमा ५०३ जना व्यक्तिहरूले सहभागिता जनाएका थिए । जसमध्ये ४९० जनाले रक्तचाप परीक्षण , ३९३ जनाले लिपिड प्रोफाइल, ३३३ जनाले ईसीजी परीक्षण र ४५० जनाले डाक्टरसँग परामर्श लिएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.