काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष पद्मनाथ शर्माको राजीनामा स्वीकृत भएको छ। संस्थाको सञ्चालक समितिको भदौ ९ गते बसेको सञ्चालक समितिको १८३औँ बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गर्दै रिक्त पदमा संस्थापक सदस्य गोपालकुमार शर्मालाई नयाँ अध्यक्ष नियुक्त गरेको हो।
संस्थाका अनुसार अध्यक्ष पद्मनाथ शर्माले गत भदौ १ गते दिएको राजीनामा भदौ २ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ। राजीनामापछि रिक्त रहेको सञ्चालक पदमा संस्थापक सदस्य गोपालकुमार शर्मालाई नियुक्त गरिएको हो।
गोपालकुमार शर्माको नियुक्ति भदौ ९ गतेदेखि लागू हुने संस्थाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।