सिवाईसी नेपाल लघुवित्तको नाफा ९९.४५% ले वृद्धि, खराब कर्जा अनुपात ८.४९% पुग्यो
काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म संस्थाले ५ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ९९.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २ करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।...