काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी पुस २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । पुस ७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको छौठौं साधारण सभा पोखरामा रहेको होटल दिपसागरमा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभा संस्थाको ठेगाना परिवर्तन,प्रबन्धपत्र तथा नियमावलीमा समसामायिक थप÷संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य लघुवित्तसँग एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।